१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्ने



अ+ अ-

स्टकहोम । एरिक्सनले अमेरिकी क्लाउड(आधारित सञ्चार प्रदायक भोनेज, स्विडेनी कम्पनीको हालको मेमोरीमा सबैभन्दा ठूलो कम्पनी अधिग्रहण गर्न लागिरहेको छ । जसबाट यसले परम्परागत दूरसञ्चार उपकरण व्यवसायभन्दा बाहिर आफ्नो व्यवसाय सञ्चालनलाई फराकिलो बनाउँने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ६.२ अर्ब (५.५ बिलियन युरो) सम्झौता वायरलेस इन्टरप्राइजमा आफ्नो उपस्थिति विस्तार गर्न र यसको विश्वव्यापी प्रस्तावलाई फराकिलो बनाउने एरिक्सनको रणनीतिको एक हिस्सा हो । यो प्रस्ताव भोनेजको निर्देशक बोर्डद्वारा सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।

एरिक्सन फाइभजी नेटवर्क जस्ता क्षेत्रमा चीनको हुवावे र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गरिरहेको विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी हो।

२१ डलर प्रति सेयरमा, यो प्रस्तावले शुक्रबारको टेक(हेभी नास्डाक स्टक एक्सचेन्जमा भोनेजको बन्द मूल्यभन्दा २८ प्रतिशत प्रिमियम प्रतिनिधित्व गरेको छ।
२००१ मा स्थापित, भोनेज आइ पी  भ्वाइस टेलिफोन प्रदान गर्दछ र हालका वर्षहरूमा क्लाउड-आधारित संचार प्लेटफर्म विकसित गरिरहेको छ।

कम्पनीसँग १२०,००० ग्राहकहरू छन् जसले एक मिलियन विकासकर्ताहरूलाई यसको एपिआइ इन्टरफेसमा पहुँच गर्न अनुमति दिन्छ जुन यसको ४१.४ बिलियनको वार्षिक बिक्रीको ८० प्रतिशत हिस्सा हो। (रासस-एएफपी)