• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

चुनावको प्रि–मनसुन सुरु भएको वेला



सुशील पन्त-
बंगालको खाडीवाट आएको बाफका कारण सुरुभएको पानी पार्ने मनसुन क्रमश सकिदै गएको समयमा मंसीरमा चुनाव गर्नकालागि ‘चुनावी प्रि–मनसुन’ सुरु भएको देखिएको छ । पानी पार्ने मनसुन सेप्टेम्बर पहिलो साता अर्थात भदौको तेस्रो सातासम्म सक्रिय रहने भएपनि मध्य अगष्ट सम्ममा पर्याप्त पानी परिसकेको छ । कतियय स्थानमा बाढीका कारण धनजनको क्षति भएपनि, पर्याप्य पानी परेका कारण यसबर्ष धानको उत्पादन बढने अपेक्षा गरिएको छ । सरकार र राजनीतिले जनतालाइ राहात दिन नसकेपनि प्रकृतिले यसपटक नेपाली किसानलाइ उपहार दिएको छ, खुसी तुल्याएको छ । धान उत्पादन बढेपनि किसानले धानको उचित मुल्य नपाएर मंसीरमा फेरि निराश हुनेछन, तर धान उत्पादन बढ्यो भने भोकमरी लाग्ने छैन् । मनसुनी बर्षा सकिनै लाग्दा नेपालमा चुनावी मनसुन सुरु हुने लक्षण देखिएको छ, चुनावी मनसुन कति फाप्नेछ भन्ने कुर्न अब मुस्किलले तीन महिना कुरे पुग्छ ।
अर्थशास्त्रको सिद्धान्त जस्तै ‘अन्यकुरा यथावत रहेमा’ तिन महिना पछि आजको दिन अर्थात मंसीर चारमा नेपाली जनताले आफ्नो भाग्यको फैसलागर्न मतदानको लाइनमा बसेका हुनेछन् । आजका मितिसम्म मंसीरको चुनाव पूरै सुनिश्चित भइसकेको त छैन, यद्यपी मंसीरमा चुनाव नहुनुपर्ने कारण देखिएको छैन । प्रमुख दलका शीर्ष नेताहरुका भाषणलाइ विश्वास गर्नेहो भने मंसीर चारको चुनाव रोक्न सक्ने सामर्थ अब कसैसंग छैन् । जनतालाइ ढाटने दलका शीर्ष नेताहरुको कुरा विश्वास नगरेपनि राष्टिय अन्तराष्टिय परिस्थितीले च्याप्दै लगेपछि चुनावको माहौल सृजना भएको हो । चुनावको विरोध गरिरहेको नेकपा माओवादीका नेताहरुका समेत बोली गल्न थालेका छन । केहीदिन अघिसम्म चुनावको चर्को विरोध गरेका माओवादी नेताहरु केही मागमा सहमति भए चुनावमा सहभागि हुने कुरा गर्नसुरु गरेका छन । कसैको इच्छा, चाहाना वा बाध्यताले भन्दापनि ‘थ्र्योरी अफ इभोलुसन’ले मंसीर चारको चुनावको लागि दवाव सृजना गरेजस्तो देखिएको छ ।
मंसीरको चुनावकालागि विभिन्न राजनीतिक दलले चुनावी अभियानलाइ तीब्र पारेका छन । एकीकृत माओवादीले जनसम्बन्ध अभियान नाम दिइएको एकैपटक देशव्यापी रुपमा चुनावी अभियान सम्पन्न गरिसकेको छ । नेकपा एमालेले यस्तै खालको अभियान संचालन गरिसकेको छ भने कागे्रसले पनि प्रशिक्षक प्रशिक्षण मार्फत कुनै न कुनै ढंगले चुनावी अभियान संचालन गरेको छ । चुनावको सरगर्मी सबैभन्दा बढि तराइ मधेशमा बढेको देखिन्छ । मधेशी दलहरुमा नेतका कार्यकर्ता तान्ने लहर आएको छ । मधेशका जनताहरु चुनावलाइ १२ बषमा लाग्ने गढीमाइको मेला भन्दा ठूलो मान्ने गरेका छन । किनभने तराइका धेरै मतदाताले चुनावको समयमा साइकिल वा साडी फेर्न पाउछन, उनिहरुका लागि दशै, तिहार, छट वा माघी भन्दापनि चुनाव ठूलो पर्व हुने गरेको छ । अन्यकुराले ठगिएपनि मधेशका जनताले ‘उदार’ नेता पाएका छन, कम्तिमा चुनावमा एउटा साइकल, एउटा साडी र उस्तैपरे एक वोतल ‘सन्जीवनी’ झोल पाउछन ।
नेपालको पूरानो पार्टी नेपाली काग्रेसले समेत चुनावी घोषणापत्र तयारीका लागि समिति गठन गरेपछि मंसीरमा चुनाव हुने संभावना बढ्दै गएजस्तो देखिएको छ । उमेदवारको सूची पठाउन कागे्रसले जिल्ला समितिलाइ परिपत्र गरेपछि मंसीरको चुनावको शंशय मेटिएजस्तो छ । कागे्रसजस्तो उमेरले परिपक्क पार्टी चुनावका लागि मैदानमा उत्रिेपछि चुनाव नहोला भन्ने धेरै आशंका गर्नुपरेन । विगतका अनुभवलाइ हे¥र्यो भनेपनि नेपाली कागे्रस तयार भएपछि चुनाव हुने गरेको थियो । कुराले चुनान चुनाव भनेपनि नेपाली कागे्रस अहिलेसम्म भीत्रैदेखी चुनवाका लागि तयार भइसकेको थिएन । तर चुनावी खर्च जुटाउन सभापति सुशील कोइरालाको नेतृत्वमा समिति गठन गरिसकेकोले त्यतिधेरै आशंका गर्नुपर्ने अबस्था रहेन ।
दिनगन्तीका हिसावले मंसीर चार आउन ९०–९१ दिन बाकी रहेपनि मंसीरको चुनाव आगनको डिलमै आइसकेको छ । यसबीचमा तीज, दशै, तिहार, छट र इदजस्ता नेपालीका ठूला चाड परेका कारण एक महिना त्यसै जानेछ । राजनीतिक दलकालागि चुनावी सभा गर्नकालागि पनि सीमित दिन बाकी रहनेछ । मध्य कात्तिकपछि तराइ र पहाडमा धान पाक्ने भएकोले बहुसंख्यक किसानहरु धान स्याहार्नमा व्यस्त हुनेछन । त्यसैदे दलहरुले मध्य कात्तिक भन्दा पहिलै चुनावी प्रचार र सभाहरु गर्नुपर्नेछ । समयका हिसावले मंसीर चार धेरै टाढा छैन ।
सूचना प्रविधि तथा संचारको विकासका कारण काठमाडौमा भइरहेका राजनीतिक गतिविधिप्रति दूर दराजका सर्बसाधारण जनता बेखवर छैनन् । चुनावमा कुन दललाइ भोट दिने भन्ने कुरा सर्बसाधारण जनताले निर्णय गरिसकेका छन् । त्यसकारण विगतमा जस्तो चुनावी सभा गरेर जनतालाइ सम्झाउनु पर्ने बाध्यता दलहरुसंग छैन । आम संचारका माध्यम मार्फत विज्ञापन गरेरपनि चुनाव प्रचार गर्न पाइने भएका कारण राजनीतिक दललाइ चुनावी सभा गर्नुपर्ने बाध्यता छैन । प्रतिष्पर्धी दललाइ मनोवैज्ञानिक त्रास दिनको लागि मात्र चुनावी सभा गर्नुको अर्थ हुनेछ । कुन रनजनीतिक दलका एजेण्डा कस्ता छन भन्ने बिषयमा समेत सर्बसाधारण जनता लगभग प्रष्ट भइसकेका छन् ।
मंसीर चारमा चुनाव भएपनि दोस्रो संविधनसभाले संविधान बनाउने कुराको सुनिश्चितता महत्वपूर्ण कुरा हो, प्रमुख दलका शीर्षनेता सम्मिलित उच्चस्तरिय राजनीतिक समितिले संविधानसभाको पहिलो बैठक बसेको ६ महिना भीत्र संविधानको मस्यौदा सार्बजानिक गर्ने र एकबर्षमै संविधान जारीगर्ने प्रतिबद्धता जनाएको छ । एकबर्षमै संविधान बनाउने महत्वकाक्षा पूरागर्न संविधानका भुलभूत सिद्धान्त र विबादित बिषयमा पूर्व सहमति खोजन जरुरी छ । नयाँ संविधानसभालाइ पनि उचाल्न नसक्ने विबादको भारी बोकाउने गल्ती गरियो भने तेस्रो संविधानसभाको निर्वाचन गर्नुपर्ने दिन आउनेछ । कम्तिमा पहिलो संविधानसभाको विफलताको कारण पहिल्याएर संविधान लेखनको अध्याय सुरु गर्यो भने संविधानसभाले देशलाइ निकाश दिनेछ । चुनावको प्रि–मनसुन सक्रिय बन्दै गयो भने मंसीर चारमा अबस्य पानी पर्नेछ !