२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

कमेडि च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार दुर्घटनापछि के सिके ? भन्छन्– DO NOT DRINK & DRIVE .

कमेडि च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार दुर्घटनापछि के सिके ? भन्छन्– DO NOT DRINK & DRIVE .
अ अ+ अ-

काठमाडौं । दुई साताअघि कार दुर्घटनामा परेका कमेडि च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी अब नियमित काममा फर्कने भएका छन् ।

चैतको पहिलो साता  भक्तपुरको जगातीमा विशाल चढेको कार टिप्परसँग ठोक्किएर दुर्घटना भएका थियो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका थिए ।

विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको थियाे । दुर्घटनापछि प्रहरीले विशाल र पुजन पक्राउ परेका थिए ।

विशालले सामाजिक सञ्जालमार्फत् त्यस बेला भएको गल्तीका कारण दुर्घटना भएको बताएका छन् । उनले अब कमेडि च्याम्पियन पुनः प्रशारण हसने जानकारीसमेत दिएका छन् । भण्डारीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला । DO NOT DRINK & DRIVE .