२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालसँग बाबुराम भट्टराईको प्रश्न : कुर्सीकाल लम्ब्याउन धोकाको राजनीति कहिलेसम्म ?



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति प्रश्नै-प्रश्न गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले पटकपटक गठबन्धन र मन्त्री फेरिरहेकोमा प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले मंगलबार सार्वजनिक केही अभिव्यक्तिको आलोचनासमेत गरेका छन् ।
प्रधानमन्त्री दाहाल लक्षित डा. भट्टराईले के भनेका छन् त ?

“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।

उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ– म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथलरु परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैनरुशान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टॉसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?

संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको वेला मूलत: तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसंग कहिले अर्कोसंग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकतारस्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ?

लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस् !