२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाली प्रधानमन्त्रीलाई नेपाली समुदायको बुद्ध मूर्ति उपहार



अ+ अ-

सिड्नी, २२ जुन । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् ।

प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।

सो अबसरमा नेपाली टोलीले बिश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउन मूर्ति हस्तान्तरण गरेको बताएका थिए ।

मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिलार्डले नेपाली समुदायलाई धन्यवाद दिनुभयो । शान्तिका प्रतिक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालयमा सजाउन पाएकोमा खुसी प्रकट गर्नुभएको थियो । त्यसलगत्तै गिलार्डले आफ्नो कार्यालयको सोकेसमा बुद्ध मूर्ति सजनाउनुभएको थियो ।

गौतम बुद्ध भारतमा जन्मिभएको भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै बिश्वभर छरिएर रहेका नेपालीहरुले दुई बर्षअघि लुम्बिनी कपिलबस्तु अभियानको थालनी गरेको थियो । सोही अभियान अन्र्तगत गिलार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका बिश्व संयोजकले श्रेष्ठले बताउनुभयो ।

त्यसलगत्तै नेपाली टोलीले अष्ट्रेलियाका अध्यागमनसम्बन्धी मन्त्री क्रिस बोएनलाई भेटेर कार्यक्रमबारे जानकारी दिनुका साथै अष्ट्रेलियामा नेपाली समुदायको अबस्थाबारे जानकारी गराएको थियो ।