१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाली प्रधानमन्त्रीलाई नेपाली समुदायको बुद्ध मूर्ति उपहार



अ+ अ-

सिड्नी, २२ जुन । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् ।

प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।

सो अबसरमा नेपाली टोलीले बिश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउन मूर्ति हस्तान्तरण गरेको बताएका थिए ।

मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिलार्डले नेपाली समुदायलाई धन्यवाद दिनुभयो । शान्तिका प्रतिक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालयमा सजाउन पाएकोमा खुसी प्रकट गर्नुभएको थियो । त्यसलगत्तै गिलार्डले आफ्नो कार्यालयको सोकेसमा बुद्ध मूर्ति सजनाउनुभएको थियो ।

गौतम बुद्ध भारतमा जन्मिभएको भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै बिश्वभर छरिएर रहेका नेपालीहरुले दुई बर्षअघि लुम्बिनी कपिलबस्तु अभियानको थालनी गरेको थियो । सोही अभियान अन्र्तगत गिलार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका बिश्व संयोजकले श्रेष्ठले बताउनुभयो ।

त्यसलगत्तै नेपाली टोलीले अष्ट्रेलियाका अध्यागमनसम्बन्धी मन्त्री क्रिस बोएनलाई भेटेर कार्यक्रमबारे जानकारी दिनुका साथै अष्ट्रेलियामा नेपाली समुदायको अबस्थाबारे जानकारी गराएको थियो ।