४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

किरण कमरेड ! एकतामा आउनुहोस ।

किरण कमरेड ! एकतामा आउनुहोस ।
अ+ अ-

रोहित दहाल –
कमरेड किरणको नेतृत्वमा रहेको नेकपा—माओवादी अहिले बास्तवमा विलखबन्दमा परेको छ । चुनाव रोज्ने हो भने प्रचण्डको कार्यदिशा भन्दा फरक नहुने अनि जनबिद्रोहमा जाने हो भने तत्काल जनबिद्रोह उठ्ने छाँटकाँट नदेखिने । यसरी प्रचण्डलाई भावनामा बगेर गद्दार घोषणा गरेको क. किरणको पार्टी अहिले ठूलो अकर्मण्यतामा फँसेको छ । पहिलो सम्बिधान सभामा जनताले साह्रै ठूलो मतले बिजयी बनाएको भए पनि जनताको मत भन्दा आफ्नो मनोगत आकाँक्षालाई महान ठानेर किरण कमरेडले पार्टी विभाजन गर्नुभयो । तर पार्टी विभाजनको एक बर्ष भन्दा बढी भईसक्दा पनि न जनयुद्धको थालनी गर्न सक्नुभएको छ न जनबिद्रोह उठाएर तत्काल सत्ता पल्टाउँन सक्नुभएको छ । आखिर चार दलको सिण्डिकेट तोडियो भने र खिलराज सरकार हट्यो भने चुनावमा आउँने कुरा पो गर्न थाल्नुभएको छ वहाँहरुले । यसरी हेर्दा क. किरणको पार्टी क. प्रचण्डको कार्यदिशाभन्दा एक कदम पनि फरक नहुने अवस्थामा पुगेको छ । जनयुद्ध र जनविद्रोहको कुरालाई तपसिलको बिषय बनाएर खिलराज सरकार ढल्यो भने चुनावमा जाने भन्ने कुरा त एनेकपा माओवादीसंग सैद्धान्तिकरुपमा समान र प्राविधिकरुपमा मात्र भिन्न रहेको अवस्था हो । तत्काल जनबिद्रोह हुन सक्तैन भन्ने कुरा एनेकपा माओवादीले ठहर गरेको हो र अहिले क. किरणको माओवादीले पनि तत्काल जनविद्रोह हुन सक्तैन भनेरै चुनावका लागि वार्ता र सहमति खोज्दैछ । त्यतिमात्र हैन जुन सत्ताका विरुद्ध संघर्ष गर्न सकेन भनेर प्रचण्डलाई गद्दार भन्नुभयो, त्यहि सत्ताका राष्ट्रपतिसंग चुनावमा जाने वातावरण बनाईदिन गुहार माग्न हिंडिरहनुभएको छ क. किरण । यो कस्तो बिडम्बना हो ?
अहिलेको अवस्था भनेको परिवर्तनकारी शक्तिहरु एकताबद्ध भएर हिंडने अवस्था हो । जनयुद्धका शहिद, घाइते, बिस्तापित, अपाङ्ग लगायतका पीडितहरुको चह¥याइरहेको घाउमा मल्हम लगाउँने हो भने यो देशमा काँग्रेस र एमालेले सत्ताको चावी लिएर राज गर्न नसक्ने अवस्था बनाउँनु हो । यो अवस्था फुटेर आउँन सक्तैन । बस्तुगत अवस्थालाई गम्भिर भएर मूल्याँकन गर्नुको साटो प्रचण्डलाई हराएर एक पटक मजा चखाउँनुपर्छ भन्ने ध्येय मात्र राखेर परिवर्तनको नेतृत्व गर्न सम्भव छैन । क. किरण जस्तो ब्यक्तित्वले आफ्नो मगजलाई फराकिलो पारेर सोच्न जरुरी छ । खिलराज सरकारको गठन सहजै भएको हैन । दलहरुबीच एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने अवस्था आए पछि क. प्रचण्डले सारेको विशिष्ट प्रस्तावको उपज हो । अहिले खिलराजलाई हटाएर अर्को कसैको नेतृत्वमा सरकार बनाउँन सकिएला ? क. किरण र वहाँका सहयोद्धाहरुको नेतृत्वलाई एमाले र काँग्रेसले के सहजै स्वीकार्लान ? स्वीकार्ने कुनै गुन्जायस छैन । त्यस्तो अवस्थामा भद्रगोल कायम राख्ने भन्दा अर्को कुनै निकास हुन्न । भद्रगोल नै भद्रगोलको बीचबाट गोल हान्ने भन्दै भद्रगोललाई निरन्तरता दिनतिर लाग्ने हो भने अहिलेको अवस्थामा अग्रगमनतिर गोल हान्ने अवस्था भन्दा आत्मघाति गोल लागेर गणतन्त्र संस्थागत नै नहुन सक्छ ।
सैद्धान्तिक रुपले क. किरणले पनि क्रान्तिपूर्वको सत्तामा प्रधानमन्त्री बनेर सरकार चलाउँन सक्ने कुरा गर्नु भएकै छ र पटक पटक क. बादललाई प्रधान मन्त्री बनाउँन बिज्ञप्ति निकाल्नु भएको छ । यसको अर्थ सरकारमा गएमा जातै जाने हैन रहेछ । त्यसोभए संगै चुनाव लडेर दुई तीहाई ल्याउँने अनि कम्युनिष्टले जनताका लागि ठूलो काम गर्न सक्दा रहेछन भन्ने अवस्था सृजना गर्न किन कन्जुस्याईं ? के कम्युनिष्ट पार्टी सडकमा नारा लगाउँने र जनतालाई जुलुसमा हिंडाउँन मात्र गठन भएको हो ? के कम्युनिष्टले जनतालाई राहत दिनु भनेको दक्षिणपन्थी संशोधनवादी भईहाल्नु हो ? हैन भने क. किरणले प्रचण्डप्रतिको पूर्वाग्रह त्यागेर प्रचण्डलाई पनि कमजोरी सुधार्न लगाएर सके एउटै पार्टी बनाउँने र नसके मोर्चाबन्दी गरेर चुनावमा जान किन नहुने ?
अहिले केहि मानिसहरु जनयुद्धका क्रममा घटेका एक एक घटनालाई छानी छानी माओवादीलाई सिध्याउँन सकिन्छ कि भनेर लागेका छन्् । बाह्र बुँदे सम्झौताको जग भत्काउँने र शान्ति तथा मेलमिलाप आयोग बन्न नदिने योजनाका साथ डलरको खेती गर्ने एन.जी.ओ.का मानव अधिकारवादीहरु माओवादीका तर्फबाट भएका गल्तिलाई मात्र कानूनको घेरामा ल्याउँने र तत्कालिन काँग्रेस÷एमाले सरकारका मान्छेहरुले गरेको हत्यालाई ढाकछोप गर्ने गरी सडकमा आएका छन् । क. प्रचण्ड र क. बाबुरामले जनयुद्धका सिपाहीहरुको पक्षमा प्रष्ट जवाफ दिईसक्नुभएको छ । क. किरणको पार्टी भने मौन जस्तो देखिन्छ । जनयुद्धमा भएको अंश अंश घटना उचालेर जाने र शान्ति प्रक्रिया बिथोलेर अराजकतामा तर् मार्नेहरुको योजनालाई चकनाचुर पार्न बाबुराम सरकारले महान्यायाधिवक्ता मार्फत लडाईं लड्यो तर क. किरणको माओवादीले देश झक्झक्याउँने गरी अगाडि बढ्न सकेन । अहिले कृष्ण अधिकारीको हत्या भएको भन्दै प्रमाणबिना उजुरीकै आधारमा माओवादीलाई पक्डन अभियान शुरु गरिएकोछ । तर क. किरणको पार्टी तमासे जस्तो मात्र भएको देखिएको छ । अहिले प्रचण्ड पक्षकाहरु पक्डा खाएकाले खुच्चिङ्ग भन्ने लागेको हुन सक्छ तर यो अभियान ब्यक्ति ब्यक्ति गर्दै सिंगै माओवादी आन्दोलनलाई सिध्याउँने योजनाको प्रारुपभित्रको काम हो भन्ने क. किरण पक्षले बुझ्न जरुरी छ । यो अवस्थामा जनयुद्धका योद्धाहरुको रक्षामा गम्भिर भएर संघर्षमा उत्रिएको एमाओवादीलाई सरापेर जीत हैन हार मात्र हात लाग्छ किरणजी ! यदि जनयुद्धका योद्धाहरुको रक्षा गर्ने हो भने क. प्रचण्ड र क. किरणको नेतृत्वको माओवादीले संगै हात मिलाएर हिंडनैपर्छ । माओवादी सिध्याउँने अभियानका विरुद्ध पनि एक हुन जरुरी छ ।
क. किरणजी, चुनावमा एमाओवादीलाई देखाईदिने नाममा माओवादीलाई कमजोर पार्ने काम बन्द गर्नुपर्यो । तत्काल जनबिद्रोह सम्भव छैन र जनयुद्धबाट जित्न सकिने अवस्था पनि छैन । यस्तो अवस्थामा क. प्रचण्डको रिसले काँग्रेस र एमालेलाई जित्ने वातावरण बनाएर शहिद, बेपत्ता परिवारले राहत पाउँने हैन अझ ठूलो आहत पाउँने छन् । अबको चुनावमा माओवादी सानो शक्ति भयो भने जनयुद्धका योद्धाहरुले डाँका, लुटेराको उपमा पाउँने निश्चित छ । उनीहरुको जीवन कठोर र अप्रिय हुनेछ । तसर्थ चुनावमा क. किरणले आउँनै पर्छ । खिलराजको अड्को थापेर प्रचण्डको साख गिराउँने सपनामा क. किरणले आफ्नै खुट्टामा बन्चरो हान्दै हुनुहुन्छ । चुनावबाट दुई तिहाइ आउँने अवस्थामा पार्टी फोडेर जनयुद्ध पनि गर्न नसक्ने र जनबिद्रोह पनि उठाउँन नसक्ने अवस्था भएको बेला चुनाव समेत बहिस्कार गरी प्रचण्डको शेखी झार्छु भनेर सिंगो माओवादी आन्दोलनलाई क. किरणले धरापमा पार्दै हुनुहुन्छ । कृपया यस्तो गलत कदम नचाल्नु होला । क. किरणको यो भुलले माओवादी शहिद र बेपत्ता परिवारको आँखामा आँशु मात्र ल्याउँने काम गर्छ र भावि दिनहरुमा पश्चाताप बाहेक अरु केहि दिने छैन ।
काँग्रेुस र एमालेको अहिलेको मुख्य दुश्मन क. किरणको माओवादी हैन एनेकपा माओवादी हो । काँग्रेस र एमालेहरु प्रचण्डलाई राजनैतिक उचाईबाट झार्न पाए माओवादी समाप्त हुन्छ भन्ने ध्येयमा छन् भने क. किरण चैं प्रचण्डलाई राजनैतिक रुपले कमजोर पार्न पाए माओवादी आन्दोलनले जीत हासिल गर्छ भन्ने श्वैर कल्पनामा हुनुहुन्छ । एनेकपा माओवादीलाई अहिलेको अवस्थामा कमजोर पार्न काँग्रेस र एमालेले सक्दैनन् र क. किरणले पनि कमजोर पार्न सक्नुहुन्न । तर जति सहजताका साथ दुई तिहाइ मत आउँथ्यो त्यो घटेर सामान्य बहुमतमा जान सक्ने देखिन्छ । परिणाम एमाओवादीलाई कमजोर पार्ने भन्दा पनि क. किरणको माओवादीमा अब आउँने चरम निराशाले जुझारु योद्धाहरु पलायन होला कि भन्ने पीर हो । आखिर क. किरणका कारण वहाँको पार्टी बिसर्जित भएमा क्रान्तिका लागि कदापी सुखद हुँदैन । त्यसैले क. किरण ! कि त पार्टी एकतामा आउँनुहोस कि त कार्यगत एकतामा आउँनुहोस । बस्तुगत बन्न सकिएन भने क्रान्तिका किताबलाई मात्र जनताले पुजेर बस्दैन ।