४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

समानुपातिक र समावेशीको संकल्प पार्टीले पुरा गर्नै पर्छ ।

समानुपातिक र समावेशीको संकल्प पार्टीले पुरा गर्नै पर्छ ।
अ+ अ-

इन्दिरा सान्जेल –

आज हामी नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने संविधान निर्माण गर्ने संविधान सभाको चुनाव गर्न गईरहेका छौं । राष्ट्रिय राजनीतिमा नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा राज्य सत्ता नेपाली श्रमजिवी गरिव किसानको पहुँचमा पुयाउन एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले राजनीतिको नेतृत्व गयो त्यो घाम जत्तिकै छर्लङ्ग छ । सत्यलाई संसारको कुनै पनि षडयन्त्रका पर्दाले छेक्न नसकिने कुरा सत्य हो । आज जतिपनि नयाँ नेपाल निर्माण गर्ने एजेण्डा छन् रोड्म्याप छ त्यो एमाओवादीको आफ्नै एजेण्डा हुन् । आज देश हाम्रौ एजेण्डामा गोलबन्द बनीरहेको छ । यस्तो अवस्थामा एमाओवादीहरु देशको वस्तुगत तथा आत्मगत अवस्थाको सही माक्र्सवादी दृष्टिकोण अपनाउनु जरुरी छ । निरपेक्ष रुपमा समय, सन्दर्भ र देशको अवस्था र पार्टीको अवस्थालाई विश्लेषण नगरेर हामी सबै चिजलाई सापक्षतामा अध्ययन गरेर अगाडि बढ्न जरुरी छ । वस्तु घटना परिस्थिति र निम्त्याउने परिणामलाई हामी सापेक्षतामा अध्यनयन गर्न जरुरी छ । क्रान्तिको सापेक्षमा अध्ययन गर्दा हामीले नयाँ नेपाल बनाउने संकल्प र रोड्म्यापको योजना बनायौं । सदियौं लामो राजतन्त्र मिल्कायौं । देशलाई संघिय गणतन्त्रमा लाने प्रतिबघता घोषणा ग¥यौ । देशलाई धर्म निरपेक्षता बनायौं । समानुपातिक र समोवशीका कुरा ग¥यौं । अब यी चिजलाई प्रयोग गर्ने अवस्थामा आइपुगेका छौं । हामी त्यो संकल्पलाई पुरा गर्न यी एजेण्डाहरुलाई मूर्तरुप दिन घोषण पत्र र कागजी अध्ययनको विषयमात्र नबनाएर हामी सही वस्तुगत तथा आत्मगतरुपमा व्यवहारवादी हुन अत्यन्तै जरुरी छ । सैद्धान्तिक रुपमा र निरपेक्षरुपमा हामीले समानुपातिक र समावेशीका कुरा मात्र नगरेर हामी सबभन्दाबढी माक्र्सवादी र व्यवहारवादी हुन अत्यन्त जरुरी छ । गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णालीजस्ता विषयहरुका हक अधिकारका लागि बढी भन्दा बढी आँखा खोलिदिने र बोलीदिने काम एमाओवादले ग¥यो । आज गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णाली आ¥नो अधिकार प्राप्त गर्न जुरुक्क उठेको छ । आँखा खोलेको छ । आ¥नो अधिकारको लागि संघर्षमा जुटिरहेको छ । यस्तो अवस्थामा पार्टीले सबभन्दा बढी बुझ्न जरुरी छ । आज हाम्रो पार्टी तिर पनि राम्रैसंग औला उठीरहका छन् । यी औला उठ्याईलाइृ चुनौतिका साथ जवाफ दिन जरुरी छ । एमाओवादी जे बोल्छ त्यो गरेरै देखाउँछ । सबभन्दा माक्र्सवादी र सबभन्दा व्यवहारवादी र पारदर्शी छ भनेर आज जनतामा स्थापित गर्न जरुरी छ । यदि हामी साँच्चै व्यवहारवादी र सत्यताको धरातालमा टेकेर अगाडि बढ्न चाहान्छौं भने गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णालीलाई अधिकार सम्पन्न बनाउन वास्तवमा चाहेका हौं भने उनीहरुका प्रतिनिधिलाई संविधानसभामा स्थापित गराउन जरुरी छ । एक गरीव दलितको व्याथा गैर दलितलाई थाहा हुन सक्दैन । सदियौं तिरस्कार समुदायको दुःखको भावना उसले बुझ्न सक्छ, जस्ले दुःख पिडा, अत्यचार र अपमानको पहाड आफ्नो छातिमा समाउन सक्छ । अपमान घृणा र जनवारभन्दा तल्लो दर्जाको अपमान सहेर मानवको वस्तिमा पशुसरह जीवन वाध्य बनाउने पिडा उसैले बुझ्न सक्छ । समाजमा तिरस्कृत महिला वर्गका अपमानका श्रृङखला जसले भोगेका हुन् उसैले बुझ्न सक्छ । सबै जनजाति मधेसी तथा कर्णलीको विषयमा ति वास्तविक पात्रलेमात्र आफ्नो प्रतिनिधित्व गर्न सक्छन् र गर्नु पनि पर्छ । जसले वास्तविक पिडा बोध गरेको हुन्छ । आज कर्णालीका अभावलाई भट्याएर गरीविको भजन गाएर सबभन्दा बढी जनप्रिय हुन चाहने र राजधानीमा एनजिओ खोलेर डलरको खेती गर्ने, महल खडा गर्ने, आफ्नो भुँडी भर्ने र त्यही अभावको खेती गरेर डलरको फसल डालाभरीगर्ने पार्टीहरु प्रसस्त छन् । तिनीहरुको विरुद्ध सही प्रतिनिधित्व छनौट गरी संविधान सभामा पु¥याई जनताको संविधान बनाउन जरुरी छ । यही नै जन चाहना पनि हो ।