४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

समृद्धि देशका लागि नेतृत्वको खोजी

समृद्धि देशका लागि नेतृत्वको खोजी
अ+ अ-

भीम उपाध्याय – महानिर्देशक स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विकास –
नेपालमा उत्पीडन, उपेक्षा, शोषण, अन्याय, दमन, अत्याचार, सिमान्तिकरण, समावेशीकरणजस्ता राजनीतिक सामाजिक विषयहरुलाई सम्वोधन गर्नेतर्फमात्र आमजनता एवं नेताहरुको ध्यान केन्द्रित भएर बढी चर्चा पाएको देखिन्छ । यी मुद्दा जटिल छन्, तर प्रश्न उठ्छ, के यी मुद्दाहरुको विद्यमानताले मुलुक पिछडिएको हो ? वा पिडछिएको कारणले यी मुद्दा उठेका हुन् ? खास प्रकृतिको संविधान बन्न नपाएरै हामी दरिद्र भएका हौ ? कि दरिद्रताका कारण संविधानका अक्षर तथा भावनालाई विगतमा लागू गर्न नसकेर हौ ? बर्तमान अन्तरिम संविधान वा आगामी बन्ने संविधानलाई सही ढंगमा लागू गर्न सक्षम हुनेछौ भन्ने आधार के हुन् ? कानुनतः त्यसो सक्यौ भने पनि, के आफसे आफ नेपाल समृद्ध बनिहाल्छ ?
अहिले हामी नयाँ संविधान जारी गर्न भनी नयाँ संविधानसभाको निर्वाचन गर्न लागि परेका छौं । तर मानिसहरु भन्दैछन्ः ‘नयाँ संविधान बनाएरमात्र के होला र खै ? गन्हाएका तिनै पुराना अनुहार नै आगामी अन्तरिम व्यवस्थापिकाका बहुमत विधायक हुने न हुन् ।’ विगत ६३ वर्षको अवधिमा नेपालले यसअघि ५ वटा संविधान पाइसकेको छ । नेपाल विश्वमै यति छोटो अवधिमा यति धेरै संविधान बनाउने देश भएको छ ।

संविधान बनाएकै आधारले हेर्दा मुलुक छ पटक नयाँ नेपालमा प्रवेश गरिसकेको मान्नु पर्छ । संविधान त राजनीतिक शक्ति संतुलन एवं राज्य सञ्चालनको चाँजोपाँजोको एक दस्तावेजमात्र हो । नेपालको नयाँ नक्शा यसले कोर्दैन, त्यो जनताका सच्चा नेताले कोर्छन् । स्पष्ट अन्तदृष्टि(भिजन), दृढ इच्छाशक्ति, त्यसलाई कार्यान्वयन गर्ने सुस्पष्ट कार्ययोजना, सुदृढ संयन्त्र एवं संस्था निर्माण र असल रचनात्मक नेतृत्वबाट मात्र समृद्ध नेपाल बन्ने प्रत्याभूति दिन सक्छ । भारतका पूर्वराष्ट्रपति डा.अव्दुल कलाम उक्त पदमा निर्वाचित हुनुपूर्व नै सन् २०२० सम्ममा भारतलाई विश्वको विकसित मुलुकको श्रेणीमा पुर्याउने भिजन २०२० तर्जुमा गर्ने प्रथम बैज्ञानिक इन्जिनियर बने । ‘शक्तिले मात्र शक्तिको सम्मान गर्छ,’ भन्दै प्रत्येक देशवासीलाई शक्तिशाली बन्न निरन्तर उत्प्रेरित गर्दै रहने उनी सेवानिवृत्त सरकारी कर्मचारी पनि थिए । देशको श्रीसम्पत्ति भनेको युवाशक्ति हो, भोलिको समृद्ध भारतलाई हाक्ने यिनलाई अहिल्यै प्रज्ज्वलित पार्दै जानु पर्ने उनको विश्वास छ । प्रतिवर्ष एकलाख युवासंग व्यक्तिगत भेटेर सन् २०२० मा विकसित भइसक्ने भारतवारे कुरा गर्ने उनको योजना बमोजिम हालसम्म १५ लाख युवाहरुसँग उनले प्रत्यक्ष संवाद गरी तरंगित गरिसकेका छन् । कतिपय युवाले उल्टै प्रतिप्रश्न गर्ने गर्थे, ‘डा कलाम हामी सन् २०२० अगाबै सन् २०१० मै विकसित हुन किन नसक्ने ?’ यस्ता प्रश्नहरुले दर्शाएको छ, उर्जावान् युवाहरु बेचैनीसाथ विकसित भारतलाई पर्खिरहेछन् । त्यसैका लागि आफूलाई समर्पित गर्दैछन् ।

नयाँ नेपाल भनेको अन्तदृष्टिसहितको अपेक्षित अवस्थाको समृद्ध नेपाल हो । पौने तीन करोड विविध भूगोल, भाषा, संस्कृति, जाति भएको नेपाल राष्ट्रलाई एक सुन्दर मालामा दह्रोसँग बाधिन अर्थपूर्ण अन्तदृष्टि बनेकै हुनुपर्छ । स्वप्नदर्शी नेताले समाजको प्रत्येक नागरिकलाई अन्तदृष्टि दिएर सवैलाई जिम्मेवारीबोध गराउने गर्छ । पुरानो शासन हट्दैमा नेपाल स्वतः समृद्ध बन्दैन । बिकसित नेपालको इच्छा गर्नेहरुलाई डा कलामद्धारा लिखित पुस्तक भारत २०२० पठनीय छ । भारतको ५५औं गणतन्त्र दिवसका दिन तत्कालीन राष्ट्रपति अव्दुल कलामले सम्बोधन गर्दै समृद्ध भारत राष्ट्र कस्तो हुनेछ ? आफ्नो अन्तदृष्टि यसरी प्रस्तुत गरेका थिए, ‘एक राष्ट्र, जो समृद्ध, स्वस्थ, सुरक्षित, शान्तिमय एवं सुखी होओस् । एक राष्ट्र, जहा गाउ र सहरको विभेद विस्तारै कम भएको होस् । एक राष्ट्र, जहा सबैलाई पानी र बिजुली समान रुपले उपलव्ध हुन सकोस् । एक राष्ट्र, जहाँ कृषि उद्योग तथा सेवा क्षेत्र मिलिजुली प्रविधिको प्रयोग गरुन् जसले गर्दा अधिक भन्दा अधिक धन सृष्टि होओस् र रोजगारीको अवसर बढोस् । एक राष्ट्र, जहाँ मेधावी विद्यार्थीले शिक्षा प्राप्त गर्नमा सामाजिक एवं आर्थिक भेदभावको सामना गर्नु नपरोस् । एक राष्ट्र जो विश्वका प्रतिभावान् विद्यार्थीहरुका निम्ति शिक्षाको सर्वोत्तम केन्द्र बनोस् । एक राष्ट्र, जहा सबैलार्ई राम्रो तथा तत्काल स्वास्थ्य सुविधा मिल्न सकोस् र एड्स, टिबी, क्यान्सर, हृदयरोग अनि पानीबाट हुने रोगहरु जरैदेखि समाप्त भएको होस् । एक राष्ट्र, जहा सरकारले सर्वोत्तम प्रविधिको प्रयोग गरोस् र पूर्णपारदर्शी, सुगम्य तथा भ्रष्टाचारमुक्त होओस् । एक राष्ट्र, जहा गरिबी, अशिक्षा तथा महिलाउपर अत्याचार नभएको होओस् र समाजमा सबै मिलिजुली बसून् । एक राष्ट्र जो पृथ्वीमा स्वर्गसमान होओस्, जहाँ सबैको अनुहारमा मुस्कान छाओस् ।’

पन्चायती व्यवस्थाको पुरानो संरचना र संस्थामार्फत विगतको बहुदलीय व्यवस्था सञ्चालन गर्दा शासन दिग्भ्रमित भएको थियो । खुट्टाको नाप अनुसार नभएर सजिलोका लागि पन्चायती व्यवस्थाले तयार पारेको जुत्तामा बहुदलवादी नेताहरुले मूर्खतासाथ खुट्टा हाल्नाले नेपालीको बहुमूल्य १४ वर्ष व्यर्थमा बितेर मुलुकले दुर्गति भोग्न परेको हो । अहिले खुट्टाहरु बहुधा उही पुरानै भएपनि जुत्ता नया बनाउन छटपटाएको छ । नयाँ जुत्ताले फोका उठाउछ भनेरै लगाउन हिच्कीचाउने मुलुक हाक्न लायक मानिने छैनन् । हामी नेपाली आर्थिक भन्दा मानसिक रुपले बढी गरिब छौ । भौतिक गरिबीले अनेक रुप धारण गरको छ । कतिपय प्रकट अधिकांश सामाजिक एवं राजनीतिक समस्याहरु आर्थिक एवं प्रविधिसम्वद्ध देखिन्छन् । समुद्रसंगको सिधै पहुच नभएको वाहेक यो मुलुकले प्रकृतिको यथेष्ठ बरदान पाएको छ । मिति नाघेको विकासको परम्परागत ढाचा अगाल्दा भौगोलिक समस्याहरु व्यवधान जस्ता देखिन सक्छन् । तर, आधुनिक विकसित सुगम्य प्रविधिको बरदानले अब ती व्यवधान बन्दैनन् । विगतका कुसंस्कारले गर्दा नेपालीहरु सुस्वप्न नभएर दिवास्वप्न देख्न अभ्यस्त पारिएको छ, कतिले त दुस्वप्नमात्र देख्ने गर्छन् । मान्छे बाच्ने आधार सपना हो र राष्ट्र पनि सपनाले नै समृद्ध बन्छ । मर्लिन ग्रे भन्छन्, ‘हामीलाई थाहा हुँदैन हाम्रा सपनाले हामीलाई कहासम्म पुयाउला, किन्तु संभवतः हामी पर्याप्त स्पष्ट रुपमा देख्न सक्छौ हामी त्यो विना कहा पुग्नेछौ ।’ नेपालीलाई सम्भवतः सपना देख्ने कला सिकाइएन ।

अधिकांश समस्याहरु भूगोलजनित छन् । दशकौको निरन्तर भौतिक पहूचको अभावका कारण त्यस्ता समस्या जन्मेहुर्केका हुन् । किनभने मान्छेहरुमा चलायमान (मोविलिटी) प्रवृत्ति जति कम हुन्छ, त्यति बढी क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता, रंगभेद, संस्कृति एवं संस्कारजनित समस्या जटिल बन्दै जाने हो । चलायमान परिवारहरु अचलायमान परिवारभन्दा बढी प्रगतिशिल हुनाको कारण पनि यही हो । चलायमान समाज अन्य समाजसंग अन्तरनिर्भर हुनुपर्ने हुदा बढी सहिष्णु पनि हुदै जाने गर्छ । यस निम्ती भौतिक, विद्युतीय, ज्ञान र आर्थिक पहुँचको कमी पूर्ति गर्नुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा सक्रिय मान्छेहरुको चलायमान प्रवृत्तिमा थप गति आउदै निकास पाएर समस्याहरु आफसेआफ विलिन हुन थाल्छन् । पारदर्शीता, जवाफदेहीता, अनुगमनको अभावमा देखिएका विद्यमान भ्रष्टाचारजन्य समस्यालाई सूचना प्रविधिको प्रयोगले सहजै हल गर्न सकिन्छ । सूचना एवं सञ्चारको प्रविधिको सहयोगमा पछौटे शिक्षा, स्वास्थ्यको अवस्थामा क्रान्तिकारी रुपान्तरण ल्याउन सहजै संभव छ । वैज्ञानिक एवं इन्जिनियरहरुको नेतृत्वमा ज्ञानविज्ञान क्षेत्रका अनुसंधान एवं विकासजस्ता संस्थाहरु अलग अलग इलाकामा स्थापित गरेर राष्ट्रको आर्थिक उत्पादकत्व र उत्पादनलाई तीव्र पार्दै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । बौद्धिक समाजको बलमा मात्र एक्काइसौ सताब्दीमा मुलुक टिक्न एवं नेतृत्व गर्न सक्छ भन्ने बुझ्न जरुरी छ । 
नेपाली समाज पिछडिनुको मूल कारण गति र गम्भीरताका कमी हो । समय नासवान् बहुमूल्य स्रोत एवं वस्तु हो, प्रयोग गरेनौं भने सधैका लागि नास भइजान्छ । समय असीमित स्रोत हो, मूल्यवान हुन्छ तर यो बुझ्दैैनौ । प्रतिस्पर्धीहरुले कसैलाई पर्खदैनन् । चल्ता है मानसिकताको समाजमा योग्यताको परख र कदर हुदैन । विषयको समग्र पक्षको जानकारीविना सक्ने नसक्ने जिम्मेवारी थोपर्छाै वा स्वीकार्छाै । फलतः समस्त संगठन प्रणाली ध्वस्त भएर मुलुक बर्वाद बन्दै गएको छ ।

मननयोग्य केही उदाहरण यी हुन् । मुलुकको निजामति सेवामा दुई तिहाई अधिकृतहरुको संख्यामा प्रविधि समूहका छन् तर नीतिनिर्माणको विशिष्ट नेतृत्व तह सचिव पदमा प्राविधिज्ञ अधिकारीहरु एकहातको औलामा गन्न सकिने मात्र छन् । सवै जेनरलिस्ट प्रशासन समूहले ओगटेको छ, त्यस्तै प्रपन्च मिलाइएको छ । सेवा विशिष्टीकरणका आधारमा मन्त्रालयहरु स्थापित भएका हुन्छन् । तर, मन्त्रालयको राजनीतिक वा प्रशासनिक नेतृत्व विशेषज्ञ पृष्ठभूमिकाको नेतृत्वको हातमा हुदैन । आजको विज्ञान र प्रविधिको युगमा बजेट तर्जुमा कार्य पनि प्राविधिक विषयभित्रै पर्दै गएको छ तर अर्थ मन्त्रालयमा मुलुकका कति क्षेत्रका विशेषज्ञ कर्मचारीविहीन छन् । राष्ट्रको विकास योजना बनाउने मुलुकको योजना आयोगमा एकजना पनि विशेषज्ञ वा प्राविधिक क्षेत्रका अधिकारी छैनन् । ग्रामीण विकास गर्ने जिम्मेवारी पाएको स्थानीय विकास मन्त्रालयले सडक, खानेपानी, झोलुंगेपुल, विद्युत, ग्रामीण उर्जाजस्ता इन्जिनियरिंग पूर्वाधार विकासका लागि सबैभन्दा बढी सरकारी बजेट उपयोग गर्छ तर, मन्त्रालयको केन्द्रीय संगठन संरचनामा ९५ प्रतिशत कर्मचारी अप्राविधिज्ञ समूहका छन् । जिविस, नगरपालिका, गाविस स्थानीयतहका विकास निर्माणको जिम्मा पाएको निकायहरु हुन् तर ती कुनै पनि संगठनहरुको नेतृत्वमा एकजना पनि इन्जिनियर अधिकारी राख्ने प्रावधान छैन । विश्वमा शान्ति सुरक्षा, अमन चयनको विषय अत्यधिक प्रविधिकेन्द्रित एवं जटिल हुदै गएको छ तर, यहा त्यो जिम्मेवारी भएको गृह मन्त्रालयमा कुनै किसिमको प्राविधिज्ञ विशेषज्ञको पद छैन । दुनियाको प्राविधिक क्षमता कहा पुगिसक्यो, यहा भने दशकौं देखिको गएगुज्रेको लथालिंगे कबाडी राजनीतिक एवं प्रशासनिक नेतृत्व, संरचना एवं संगठन प्रणाली अझै उस्तै छन् । 

आधुनिक प्रविधिक्षेत्रको गम्भीर अज्ञानताले गर्दा अहिले देखिन थालेकोे नौलानौला समस्याहरु तथा चुनौती सम्हाल्ने क्षमता विकसित हुन नेपाली प्रशासनतन्त्रमा सकेन । विवेकपूर्ण, न्यायपूर्ण निर्णय गर्नका लागि प्रशस्त अनुभव आर्जन भएको हुनुपर्छ । प्राप्त जिम्मेवारी पुरागर्दा गलत निर्णयहरुबाट गुज्रिदै पर्याप्त ढोस अनुभव आर्जन हुन्छ । नेपाली प्रशासनतन्त्र यथार्थमा चुनौती, निर्णय क्षमता, अनुभव एवं अवसरविनै बूढो हुदै गएकोले पूर्णतः असक्षम एवं मृतप्रायः छ । क्षमतावान् आधुनिक प्रविधिबाट प्रशिक्षित युवावर्गको ठूलो जमात ह्वात्तै प्रवेश गराएर मात्र विद्यमान मक्किएको प्रशासनयन्त्रलाई नया जीवन दिन सकिनेछ । गरिबहरुको पक्षमा वकालत गर्ने नोवेल पुरस्कारप्राप्त अमेरिकी कबि जोन स्टेनबेक भन्छन्, ’यो मनुष्यको स्वभाव हो, यदि उसबाट महानताको अपेक्षा गरिन्छ भने उ महानताको उचाईमा पुगिहाल्छ ।’ नेपाली जनता नया अनुहारका नेताहरुबाट अब स्पष्ट अन्तदृष्टिसहित नयाँ समृद्ध नेपाल निर्माण गर्ने महान खोजमा छन् । समृद्ध विकसित उर्जाशील नेपाल बनाउन चानचुने बिजिनेश एज युजुवल प्रवृत्ति त्याग्न आँट गर्ने नेता र प्रशासन प्राविधिज्ञ अघि सर्नु अपरिहार्य भएको छ ।