४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

अग्नी परिक्षामा लोकमान – वोर्ण बहादुर कार्की

अग्नी परिक्षामा लोकमान – वोर्ण बहादुर कार्की
अ+ अ-

भ्रष्टाचारका अखडाका रुपमा चिनिने कार्यालयहरु र त्यसका कर्मचारी माथि लोकमान सिंह को नेतृत्वमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले धावा वोले पछिका घटनाक्रमहरु आम जनताका विचमा निकै चर्चाका बिषय वनेका छन् । आम जनतामा अख्तियारबाट भ्रष्टाचार नियन्त्रण हुने आशा पनि पलाएको छ । यसै अवस्थामा चर्चित कानून व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजश्व अनुसन्धान विभागले छापा मारे पछि भने अप्रत्याशित रुपमा अख्तियार र लोकमान सिंह विवादमा मुछिएका छन् । राजश्व अनुसन्धान विभागले गरेको यस्तो कारवाहीको कानून व्यवसायीहरुको एक मात्र संस्था नेपाल वार एशोसियनले चर्को विरोध गरेको छ । ऐमाले जस्तो प्रभावशाली पार्टीका नेताहरुले पनि यो छापा काण्डको विरुद्धमा वक्तव्यवाजी नै गरेका छन् । यो घटनाले अख्तियारको भ्रष्टाचार विरोधी अभियानमा सुस्त्तता आउने त होईन भन्ने चिन्ता आम जनताले गर्न थालेका छन् ।
लोकमान सिंह विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आफूले हेरी रहेकोले आफ्नो फर्ममा अख्तियार प्रमुख कै निर्देशनमा छापा मारिएको आरोप वरिष्ठ अधिवक्ता शम्भु थापाले लगाएका छन् । अख्तियारले यो ल फर्म छाप काण्डमा आफ्नो हात नरहेको भने पनि यो भनाईको विश्वासनीयता अझै स्थापति हुन सकेको छैन। जतिसुकै प्रभावशाली र चर्चित व्यक्ति हुन सबैले राज्यका कानूनहरु मान्नु पर्दछ । यस अर्थमा राज्यका कानूनहरुबाट उन्मुक्ति कसैले पाउनु हुदैन । तर अख्तियार जस्तो संवैधानीक अंङ्गले आफ्नो अख्तियारीको प्रयोग प्रतिशोधको आधारमा गर्नु भने उपयुक्त हुदैन । वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा प्रतिशोध साधनकै लागि अख्तियार प्रमुखको निर्देशनमा छापा मारिएको हो भने त्यो आपत्तिजनक कुरा हो । यो छापा काण्ड राजस्व सम्वन्धि कानूनको परिपालना गराउनको लागि गरिएको हो की प्रतिशोधको लागि हो ? यो कुराको टुङ्गो लाग्न अव धेरै समय लाग्ने छैन ।
राज्यका हरेक अङ्गहरु मात्र होईन सम्पूर्ण सामाजिक जीवननै भ्रष्टाचारबाट आक्रान्त रहेको छ । यस्तो भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिएन भने मूलुक असफल राष्ट्र वन्नमा धेरै समय नलाग्ने स्थिति छ । मूलुकको राजनीति संक्रमणकालबाट गुज्रि रहेको वर्तमान अवस्थामा भ्रष्टाचारको विगविगी अस्वभावीक रुपमा वढेको छ । यस बाट राज्यका जिम्मेवार अङ्गहरु नराम्ररी विचलित हुन थालेका छन् । भ्रष्टाचार कै कारणबाट आम जनताको जीवन कष्टकर हुदै गएको छ । भ्रष्टाचार गर्नेहरु रातो रात करोडपति र अरवपति हुदै छन् भने सर्व साधारण जनताको जीवनस्तर निकै तल गिर्दै गएको छ । वढदो भ्रष्टाचारले राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा असन्तुलन पैदा गर्दै गएको छ । भ्रष्टाचार त्यस्तो रोग हो, जसले मूलुकको जीवन शक्ति लाई नै नष्ट गरी दिन्छ । यसैले भ्रष्टाचारको रोग नियन्त्रण गरी मूलुकलाई वचाउनको लागि नै संविधानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरीएको हो । लामो समय सम्म अख्तियारमा अध्यक्ष र सदस्यहरुको नियुक्ति नहुदा भ्रष्टाचार अनियन्त्रित रुपमा बढेको हो ।

लोकमान सिंह अख्तियारको प्रमुखमा नियुक्ति भए पछि भ्रष्टाचार नियन्त्रणमा यो संस्थाले सकृयता देखाउदै आएको छ । छोटो समयमा अख्तियारले धेरै भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारवाही गरेको छ । यसबाट भ्रष्टाचारमा लिप्त व्यक्तिहरु निकै हच्किएका छन् र केही मात्रामा भए पनि भ्रष्टाचार रोकिएको छ । यसको जस अपजस अख्तियार प्रमुख लोकमानलाई नै जान्छ । कुनै पनि संस्थाको सफलता, असफलता त्यस संस्थाको प्रमुखको नै हातमा रहन्छन् । अख्तियारले निभाउने भुमिको प्रभावकारीता पनि लोकमान मै निर्भर गर्दछ । शुरुमा तात्ने पछि सेलाउने रोग अख्तियारलाई लाग्ने त होईन भन्ने चिन्ता आम जनतामा छ । ६ बर्षको कार्यकाल भएका लोकमानले ईमान्दारी हिम्मतका साथ आफ्नो संवैधानीक कर्तव्य पुरा गर्न प्रयासरत रहे भने भ्रष्टाचार नियन्त्रणमा उनीले किर्तिमान कायम गर्न सक्ने औसर पनि छ । भ्रष्टाचारले सवै क्षेत्रलाई गाजेको अवस्थामा भ्रष्टाचार विरुद्ध अभियान चलाउनु उनीको अगाडी कम चुनौतीहरु पनि छैनन् ।

अख्तियार प्रमुख लोकमान सिंहको नियुक्त पनि निकै विवादस्पद रहेको छ । उन्को नियुक्तिको विरुद्धमा जुन जुन व्यक्ति र शक्तिहरुले भूमिका निभाए उनीहरु पनि कम वलिया छैनन् । उनीहरुको साथमा राजनीतिक शक्ति मात्र छैन, भ्रष्टाचार र राजश्व ठगेर आर्जन गरेको अकुत सम्पत्ती पनि छ । लोकमान विरुद्धको मुद्दा अझै पनि अदालतमा विचाराधिनमा छ । यस्तो अवस्थामा लोकमानले हतारमा र अति महत्वकाँक्षी भएर भ्रष्टाचार विरुद्ध कदम चाले भने असफल हुन सक्ने संभावना पनि त्यति नै छ । फूकी फूकी कदम चाले भने मात्र लोकमानले आफ्नो संवैधानीक जिम्मेवारी पुरा गर्न सक्ने छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्म छापा काण्डले पनि यही कुराको सं्रकेत गरेको छ ।

अख्तियार प्रमुख लोकमानले भ्रष्टाचारीहरु लाई कारवाही गर्न शुरुवात गरे पछि भ्रष्टहरुले संगठित रुपमा अख्तियारको विरुद्ध मोर्चावन्दि गर्न शुरुवात गरेका छन् । उनीहरुले समाजका प्रतिष्ठित व्यक्तिहरु र राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई ढाल को रुपमा प्रयोग गर्ने तानावुना वुन्न थालेका छन् । विपक्षीहरु अख्तियारको लागि निकै अवरोध वन्ने संभावना छ । विद्यमान भ्रष्टाचारको मुख्य जग कर्मचारी तन्त्रका भ्रष्टाचारीहरु हुन् । राजनीतिक क्षेत्रलाई भ्रष्टाचारी वनाउन पनि यही यिनीहरुकोे उल्लेखनिय भूमिका छ । कर्मचारीतन्त्र भ्रष्ट व्यक्तिहरुले राजनीतिक शक्तिहरुलाई ढालको रुपमा प्रयोग गरेर खुलम खुल्ला भ्रष्टाचार गर्दै आएको छन् । कर्मचारीतन्त्रमा भई रहेको भ्रष्टाचार लाई अख्तियारले नियन्त्रण गर्न सक्यो भने लगभग ५०५ भ्रष्टाचार कम हुन सक्ने छ । भ्रष्टाचारको हात खुट्टा भ्रष्ट कर्मचारी हुन भने टाउको राजनीतिकर्मी र समाजका प्रतिष्ठित व्यक्तिहरु हुन ।
अख्तियार प्रमुख लोकमानले भ्रष्टाचारको नियनत्रणको लागि सुझवुझपूर्ण रणनीति वनाउन सकेनन् भने अख्तियार हात वाँधेर बस्नु पर्ने स्थिति आउन धेरै दिन लाग्ने छैन । भ्रष्टाचारको टाउकोको भूमिका निभाई रहेका समाजका प्रतिष्ठित व्यक्तिहरु र राजनीतिक कर्मीहरु माथि शुरु भै हात हाल्दा अख्तियारले अगाडी वढ्न नै नसकिने पहाडको सामना गर्न पर्ने निश्चित छ । पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले पूर्व प्रधानमनत्री गिरीजा प्रसाद कोईराला माथि हात हाल्दा अख्तियारले निकै क्षेती व्यहोर्नु परेको विगतको कटु अनुभव छ । अहिले अख्तियारले भ्रष्टाचारका हाल खुट्टा वनेका कर्मचारीतन्त्रका भ्रष्टहरु लाई कारवाही गरेर मात्र अगाडी वढ्न सक्ने स्थिति छ । आम जनमत भ्रष्टाचारको विरुद्ध रहे पनि राजनीतिक कर्मी र समाजका प्रतिष्ठित व्यक्तिहरु माथि अख्तियारले धावा वोल्ने परिस्थिति निर्माण भई सकेको छैन । मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार प्रमुख लोकमानले कति बुद्धिमत्ता पूर्ण रणनीति वनाउछन् । त्यस्मा नै उनी र अख्तियारको सफलता असफलता निर्भर गर्ने छ । अहिले अग्नी परिक्षाबाट लोकमान र अख्तियार गुज्रि रहेका छन् ।