३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनुदान’ले अड्काएको बिआरआइ सम्झौतामा अन्ततः ‘एड’ लेखेपछि हस्ताक्षर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुने भनिएको बिआरआइ सम्झौता एड लेखेपछि सहमति भएको छ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा आज बिहान बेइजिङमा हस्ताक्षर भएको हो ।

फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि नेपाल सरकारले चीनको बिआरआइको पूरै कार्यान्वयन सम्झौता  नगरी आफ्ना तर्फबाट एक अलग्गै फ्रेमवर्क नै तयार पारेर लगेको थियो ।

तर त्यो फ्रेमवर्कमा चीनले बिआरआइ अन्तर्गत नै दिने सहयोग या परियोजना पनि अनुदानमा नै गर्नुपर्ने प्रस्ताव गरिएको थियो । तर सबै परियोजनाहरुमा अर्थात् सबै फ्रेमर्वकमा अनुदान मात्र लेखिएपछि त्यसमा चीनले समर्थन गर्न नसक्ने जनाएपछि हिजो त्यसमा हस्ताक्षर हुन सकेको थिएन ।

त्यसपछि हिजोदेखि अनुदानको सट्टा अर्काे शब्दको खोजी भएको थियो र नेपालले त्यसमा अनुदान हटाएर एड अर्थात् सहायता भन्ने लेखेपछि हुनेतर्फ उन्मुख भएको थियो ।

सो सम्झौता हिजो नभएर आज भएको हो । हिजो राति अबेरसम्म नै त्यसमा सहमति खोज्ने प्रयास भएको थियो, तर सहमति भएको थिएन । आज भने सहमति भएको र त्यसम हस्ताक्षर गरिएको हो ।

योसँगै चीनले लामो समयदेखि अघि सारेको र नेपालले सात बर्षअघि फ्रेमवर्कमा मात्र हस्ताक्षर गरेको सो परियोजनाको नेपालका पनि कार्यान्वयनको बाटो खुलेको छ ।

हिजो राति अबेरसम्म नै सो परियोजनामा हस्ताक्षर गर्ने भनी संयुक्त बक्तव्यमा जतिसक्दो चाँडै बिआरआइमा दुवै पक्ष हस्ताक्षर गर्न सहमत भएका छन् भन्ने शब्दावली राखिएको थियो ।