५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल : काठमाडौँलाई १५० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ : शिखर धवनको अर्धशतीय पारीको मद्दतमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए ।

त्यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए । काठमाडौँले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।रासस