• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ? ★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा

अग्नी परिक्षामा लोकमान – वोर्ण बहादुर कार्की



भ्रष्टाचारका अखडाका रुपमा चिनिने कार्यालयहरु र त्यसका कर्मचारी माथि लोकमान सिंह को नेतृत्वमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले धावा वोले पछिका घटनाक्रमहरु आम जनताका विचमा निकै चर्चाका बिषय वनेका छन् । आम जनतामा अख्तियारबाट भ्रष्टाचार नियन्त्रण हुने आशा पनि पलाएको छ । यसै अवस्थामा चर्चित कानून व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजश्व अनुसन्धान विभागले छापा मारे पछि भने अप्रत्याशित रुपमा अख्तियार र लोकमान सिंह विवादमा मुछिएका छन् । राजश्व अनुसन्धान विभागले गरेको यस्तो कारवाहीको कानून व्यवसायीहरुको एक मात्र संस्था नेपाल वार एशोसियनले चर्को विरोध गरेको छ । ऐमाले जस्तो प्रभावशाली पार्टीका नेताहरुले पनि यो छापा काण्डको विरुद्धमा वक्तव्यवाजी नै गरेका छन् । यो घटनाले अख्तियारको भ्रष्टाचार विरोधी अभियानमा सुस्त्तता आउने त होईन भन्ने चिन्ता आम जनताले गर्न थालेका छन् ।
लोकमान सिंह विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आफूले हेरी रहेकोले आफ्नो फर्ममा अख्तियार प्रमुख कै निर्देशनमा छापा मारिएको आरोप वरिष्ठ अधिवक्ता शम्भु थापाले लगाएका छन् । अख्तियारले यो ल फर्म छाप काण्डमा आफ्नो हात नरहेको भने पनि यो भनाईको विश्वासनीयता अझै स्थापति हुन सकेको छैन। जतिसुकै प्रभावशाली र चर्चित व्यक्ति हुन सबैले राज्यका कानूनहरु मान्नु पर्दछ । यस अर्थमा राज्यका कानूनहरुबाट उन्मुक्ति कसैले पाउनु हुदैन । तर अख्तियार जस्तो संवैधानीक अंङ्गले आफ्नो अख्तियारीको प्रयोग प्रतिशोधको आधारमा गर्नु भने उपयुक्त हुदैन । वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा प्रतिशोध साधनकै लागि अख्तियार प्रमुखको निर्देशनमा छापा मारिएको हो भने त्यो आपत्तिजनक कुरा हो । यो छापा काण्ड राजस्व सम्वन्धि कानूनको परिपालना गराउनको लागि गरिएको हो की प्रतिशोधको लागि हो ? यो कुराको टुङ्गो लाग्न अव धेरै समय लाग्ने छैन ।
राज्यका हरेक अङ्गहरु मात्र होईन सम्पूर्ण सामाजिक जीवननै भ्रष्टाचारबाट आक्रान्त रहेको छ । यस्तो भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिएन भने मूलुक असफल राष्ट्र वन्नमा धेरै समय नलाग्ने स्थिति छ । मूलुकको राजनीति संक्रमणकालबाट गुज्रि रहेको वर्तमान अवस्थामा भ्रष्टाचारको विगविगी अस्वभावीक रुपमा वढेको छ । यस बाट राज्यका जिम्मेवार अङ्गहरु नराम्ररी विचलित हुन थालेका छन् । भ्रष्टाचार कै कारणबाट आम जनताको जीवन कष्टकर हुदै गएको छ । भ्रष्टाचार गर्नेहरु रातो रात करोडपति र अरवपति हुदै छन् भने सर्व साधारण जनताको जीवनस्तर निकै तल गिर्दै गएको छ । वढदो भ्रष्टाचारले राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा असन्तुलन पैदा गर्दै गएको छ । भ्रष्टाचार त्यस्तो रोग हो, जसले मूलुकको जीवन शक्ति लाई नै नष्ट गरी दिन्छ । यसैले भ्रष्टाचारको रोग नियन्त्रण गरी मूलुकलाई वचाउनको लागि नै संविधानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरीएको हो । लामो समय सम्म अख्तियारमा अध्यक्ष र सदस्यहरुको नियुक्ति नहुदा भ्रष्टाचार अनियन्त्रित रुपमा बढेको हो ।

लोकमान सिंह अख्तियारको प्रमुखमा नियुक्ति भए पछि भ्रष्टाचार नियन्त्रणमा यो संस्थाले सकृयता देखाउदै आएको छ । छोटो समयमा अख्तियारले धेरै भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारवाही गरेको छ । यसबाट भ्रष्टाचारमा लिप्त व्यक्तिहरु निकै हच्किएका छन् र केही मात्रामा भए पनि भ्रष्टाचार रोकिएको छ । यसको जस अपजस अख्तियार प्रमुख लोकमानलाई नै जान्छ । कुनै पनि संस्थाको सफलता, असफलता त्यस संस्थाको प्रमुखको नै हातमा रहन्छन् । अख्तियारले निभाउने भुमिको प्रभावकारीता पनि लोकमान मै निर्भर गर्दछ । शुरुमा तात्ने पछि सेलाउने रोग अख्तियारलाई लाग्ने त होईन भन्ने चिन्ता आम जनतामा छ । ६ बर्षको कार्यकाल भएका लोकमानले ईमान्दारी हिम्मतका साथ आफ्नो संवैधानीक कर्तव्य पुरा गर्न प्रयासरत रहे भने भ्रष्टाचार नियन्त्रणमा उनीले किर्तिमान कायम गर्न सक्ने औसर पनि छ । भ्रष्टाचारले सवै क्षेत्रलाई गाजेको अवस्थामा भ्रष्टाचार विरुद्ध अभियान चलाउनु उनीको अगाडी कम चुनौतीहरु पनि छैनन् ।

अख्तियार प्रमुख लोकमान सिंहको नियुक्त पनि निकै विवादस्पद रहेको छ । उन्को नियुक्तिको विरुद्धमा जुन जुन व्यक्ति र शक्तिहरुले भूमिका निभाए उनीहरु पनि कम वलिया छैनन् । उनीहरुको साथमा राजनीतिक शक्ति मात्र छैन, भ्रष्टाचार र राजश्व ठगेर आर्जन गरेको अकुत सम्पत्ती पनि छ । लोकमान विरुद्धको मुद्दा अझै पनि अदालतमा विचाराधिनमा छ । यस्तो अवस्थामा लोकमानले हतारमा र अति महत्वकाँक्षी भएर भ्रष्टाचार विरुद्ध कदम चाले भने असफल हुन सक्ने संभावना पनि त्यति नै छ । फूकी फूकी कदम चाले भने मात्र लोकमानले आफ्नो संवैधानीक जिम्मेवारी पुरा गर्न सक्ने छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्म छापा काण्डले पनि यही कुराको सं्रकेत गरेको छ ।

अख्तियार प्रमुख लोकमानले भ्रष्टाचारीहरु लाई कारवाही गर्न शुरुवात गरे पछि भ्रष्टहरुले संगठित रुपमा अख्तियारको विरुद्ध मोर्चावन्दि गर्न शुरुवात गरेका छन् । उनीहरुले समाजका प्रतिष्ठित व्यक्तिहरु र राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई ढाल को रुपमा प्रयोग गर्ने तानावुना वुन्न थालेका छन् । विपक्षीहरु अख्तियारको लागि निकै अवरोध वन्ने संभावना छ । विद्यमान भ्रष्टाचारको मुख्य जग कर्मचारी तन्त्रका भ्रष्टाचारीहरु हुन् । राजनीतिक क्षेत्रलाई भ्रष्टाचारी वनाउन पनि यही यिनीहरुकोे उल्लेखनिय भूमिका छ । कर्मचारीतन्त्र भ्रष्ट व्यक्तिहरुले राजनीतिक शक्तिहरुलाई ढालको रुपमा प्रयोग गरेर खुलम खुल्ला भ्रष्टाचार गर्दै आएको छन् । कर्मचारीतन्त्रमा भई रहेको भ्रष्टाचार लाई अख्तियारले नियन्त्रण गर्न सक्यो भने लगभग ५०५ भ्रष्टाचार कम हुन सक्ने छ । भ्रष्टाचारको हात खुट्टा भ्रष्ट कर्मचारी हुन भने टाउको राजनीतिकर्मी र समाजका प्रतिष्ठित व्यक्तिहरु हुन ।
अख्तियार प्रमुख लोकमानले भ्रष्टाचारको नियनत्रणको लागि सुझवुझपूर्ण रणनीति वनाउन सकेनन् भने अख्तियार हात वाँधेर बस्नु पर्ने स्थिति आउन धेरै दिन लाग्ने छैन । भ्रष्टाचारको टाउकोको भूमिका निभाई रहेका समाजका प्रतिष्ठित व्यक्तिहरु र राजनीतिक कर्मीहरु माथि शुरु भै हात हाल्दा अख्तियारले अगाडी वढ्न नै नसकिने पहाडको सामना गर्न पर्ने निश्चित छ । पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले पूर्व प्रधानमनत्री गिरीजा प्रसाद कोईराला माथि हात हाल्दा अख्तियारले निकै क्षेती व्यहोर्नु परेको विगतको कटु अनुभव छ । अहिले अख्तियारले भ्रष्टाचारका हाल खुट्टा वनेका कर्मचारीतन्त्रका भ्रष्टहरु लाई कारवाही गरेर मात्र अगाडी वढ्न सक्ने स्थिति छ । आम जनमत भ्रष्टाचारको विरुद्ध रहे पनि राजनीतिक कर्मी र समाजका प्रतिष्ठित व्यक्तिहरु माथि अख्तियारले धावा वोल्ने परिस्थिति निर्माण भई सकेको छैन । मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार प्रमुख लोकमानले कति बुद्धिमत्ता पूर्ण रणनीति वनाउछन् । त्यस्मा नै उनी र अख्तियारको सफलता असफलता निर्भर गर्ने छ । अहिले अग्नी परिक्षाबाट लोकमान र अख्तियार गुज्रि रहेका छन् ।




भर्खरै