१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमो र सजमोवीच पार्टी एकीकरण



अ+ अ-

काठमाडौं ८ असोज । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजिलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ ।  मंगलबार राजधानीमा पत्रकार सम्मेलनगरि पार्टीको नाम राष्ट्रिय जनमोर्चा नै राख्ने, नेतृत्व केसीले नै गर्ने र नेपालको लोकतान्त्रिक, वामपन्थीका विचारधाराका साथै राष्ट्रियता र जनजीविकाका सवालमा निरन्तर संघर्ष गर्ने सहमतिसहित पार्टी एकीकरण भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले पहिला पनि एउटै ठाउँ, एकै नीति भएर हिँडेको मा पछि केही सैद्धान्तिक मत भिन्नताका कारण अलग भए पनि अहिले एक ठाँउमा आएको उल्लेख गर्दै यो एकीकरणले अखण्ड राज्य कायम राख्ने अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो  ।उहाँले राजावादी र मधेसबादी बाहेकका दलहरुसँगको सहकार्यमा एक साता भित्रै पार्टी उमेदवार घोषणा गर्ने जानकारी दिाुभयो ।

संयुक्त जनमोर्चा नेपालका संयोजक काजिलाल वाईवाले दुई पार्टी सकारात्मक सोचका साथ एक भएको उल्लेख गर्दै अब राष्ट्र, राष्ट्रियताको रक्षा र जनतालाई सार्वभौम अधिकारसम्पन्न बनाउन सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।