३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमो र सजमोवीच पार्टी एकीकरण



अ+ अ-

काठमाडौं ८ असोज । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजिलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ ।  मंगलबार राजधानीमा पत्रकार सम्मेलनगरि पार्टीको नाम राष्ट्रिय जनमोर्चा नै राख्ने, नेतृत्व केसीले नै गर्ने र नेपालको लोकतान्त्रिक, वामपन्थीका विचारधाराका साथै राष्ट्रियता र जनजीविकाका सवालमा निरन्तर संघर्ष गर्ने सहमतिसहित पार्टी एकीकरण भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले पहिला पनि एउटै ठाउँ, एकै नीति भएर हिँडेको मा पछि केही सैद्धान्तिक मत भिन्नताका कारण अलग भए पनि अहिले एक ठाँउमा आएको उल्लेख गर्दै यो एकीकरणले अखण्ड राज्य कायम राख्ने अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो  ।उहाँले राजावादी र मधेसबादी बाहेकका दलहरुसँगको सहकार्यमा एक साता भित्रै पार्टी उमेदवार घोषणा गर्ने जानकारी दिाुभयो ।

संयुक्त जनमोर्चा नेपालका संयोजक काजिलाल वाईवाले दुई पार्टी सकारात्मक सोचका साथ एक भएको उल्लेख गर्दै अब राष्ट्र, राष्ट्रियताको रक्षा र जनतालाई सार्वभौम अधिकारसम्पन्न बनाउन सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।