• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही ★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल ★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग(भिडीयोसहित) ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त ★   पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति ★   सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार ★   बाराही हाइड्रोपावरको आइपिओ आउँदै

उम्मेदवार छनौटमा जुट्दै काँग्रेस



काठमाडौं, १० असोज । आगामी संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बिहीवारदेखि उम्मेदवार छान्ने प्रक्रिया थालेको छ ।

पार्टी कार्यालय सानेपामा उम्मेदवार छनोटबारे संसदीय समिति छलफल भइरहेको प्रवक्ता दिलेन्द्रप्रसाद वडुले जानकारी दिनुभयो । प्रवक्ता बडूअनुसार संसदीय समितिले पहिला दुर्गम क्षेत्रका १९ जिल्ला र क्रमशः अन्य जिल्लाका उम्मेदवारको छनोट गर्नेछ । उम्मेदवार छान्न केही दिन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधवार बसेको समितिको बैठकले आगामी संविधानसभाको लागि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको छनोटको कार्यविधि र मापदण्ड तयार गर्न सुरु गरेको थियो ।