३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार छनौटमा जुट्दै काँग्रेस



अ+ अ-

काठमाडौं, १० असोज । आगामी संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बिहीवारदेखि उम्मेदवार छान्ने प्रक्रिया थालेको छ ।

पार्टी कार्यालय सानेपामा उम्मेदवार छनोटबारे संसदीय समिति छलफल भइरहेको प्रवक्ता दिलेन्द्रप्रसाद वडुले जानकारी दिनुभयो । प्रवक्ता बडूअनुसार संसदीय समितिले पहिला दुर्गम क्षेत्रका १९ जिल्ला र क्रमशः अन्य जिल्लाका उम्मेदवारको छनोट गर्नेछ । उम्मेदवार छान्न केही दिन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधवार बसेको समितिको बैठकले आगामी संविधानसभाको लागि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको छनोटको कार्यविधि र मापदण्ड तयार गर्न सुरु गरेको थियो ।