२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वर्ल्डको प्रतियोगितामा नेपाललाई हालसम्मकै ठूलो सफलता



अ+ अ-

 इण्डोनेसियामासम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा  मिस वर्ल्ड मेगन योङ मिस वर्ल्डको उपाधि  फिलिपिन्सकी २३ वर्षीया सुन्दरी  मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्‍याइदिइन् । मेगनको जन्म अमेरीकामा भएपनि १० वर्षको उमेरमै उनी परिवारसगै फिलिपिन्समा बसाई सरेकी थिइन् । उनले १५ वर्षको उमेरदेखी नै चलचित्र र टेलिभिजन कार्यक्रमहरुमा उद्घोषणको काम गर्ने गरेकी थिइन् ।

मेगानले मिस वल्डको ताज पहिरीएपछि आफु अहिलेसम्मको सबैभन्दा राम्री मिस वल्डको रुपमा विश्वसामु देखिने बताएकी थिइन् । यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।

नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वर्ल्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए । उनलाई यो अवार्ड जिताउन नेपालको दुगम क्षेत्रमा उनले गरेको सामाजिक कामको भिडियोले सहयोग गरेको बताइृन्छ । विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको मुल्यांकन गरेर यो उपाधि दिइन्छ र इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर सञ्चालन गरेको प्रोजेक्ट स्माइल सञ्चालन गरेकी थिईन् ।