४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

राष्ट्र विकासमा ईंटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ

राष्ट्र विकासमा ईंटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ
अ+ अ-

टिबी कार्की –
सचिव तथा उपाध्यक्षका प्रत्यासी, एनआरएन –

सन् १९७४ जनवरीमा मोरङको उर्लाबारीमा जन्मिएर खाडी मुलुक कतारमा सफल ब्यवसायी बन्नुभएका टिवी कार्की एनआरएन अभियानको सुरुवातदेखि नै सक्रिय हुनुहुन्छ । एनआरएनका वर्तमान कार्य समितिका सचिव कार्की कुशल र सक्रिय मात्र होइन, एनआरएनका हरेक अभियानमा सरिक हुँदै आउनु भएको छ । एनआरएन कतारको सदस्य, आइसीसी सदस्य हुँदै एनआरएन आइसीसीको सचिव पद सम्हालिरहनुभएका कार्की अहिले एनआरएन आइसीसीको बैदेशिक रोजगार कार्यदलको संयोजक पनि हुनुहुन्छ । एनआरएन अभियानको दौरानमा उहाँको कार्यकालमा बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय काम भएका छन् । उहाँकै कार्यकालमा वैदेशिक रोजगारका विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी डेलिगेशन गएर धेरै बुँदाहरुमा सुनुवाई भइसकेको छ । एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरता, सामूहिक लगानी, एनआरएनको परोपकारी कार्यमा जोडदार साथ दिँदै आउनु भएको छ, उहाँले । नेतृत्वमा अब्वल मानिएका कार्की एनआरएनए अभियानमा मध्यपूर्वका उदयमान नक्षत्रका रुपमा देखा पर्नुभएको छ । एनआरएनको संस्थागत विकास, एनआरएनमार्फत राष्ट्र विकास, परोपकारी कार्य गर्न र एनआरएनको अभियानलाई निरन्तरता दिनका लागि कार्कीले आगामी नेतृत्वका लागि एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । उहाँसँग एनआरएनको अभियान, उपाध्यक्ष पदको उम्मेदवारीका विषयमा केन्द्रीत रहेर गरिएको यो छोटो कुराकानी-

 गैरआवासीय नेपाली संघको यही अक्टोबरमा हुन गैरहेको नयाँ नेतृत्वका लागि तपार्इंले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ, तपाईको उम्मेदवारी के का लागि ?
– म अहिले एनआरएनको सचिव हुँ । सचिवका रुपमा मैले जति गरें, सबैलाई छर्लंग छ । एनआरएन अभियानमा सुरुवातदेखि नै संलग्न छ । अबका दिनमा पनि यही अभियानमा सक्रिय दिने अठोट लिएको छु । बाहिर बसेर भन्दा संस्थाभित्रै बसेर यो अभियानलाई सशक्त रुपमा अगाडि सकिन्छ । त्यहीकारण मैले सचिवबाट उपाध्यक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको हो । फेरी एनआरएनको यो अभियानमा मेरो लामो अनुभव पनि छ । एनआरएनएको संस्थागत सुदृढिकरण, सवलीकरणका साथै विदेशमा रहेका ३० लाखभन्दा बढी नेपालीहरुको दुःखसुखको साथी बन्न, अनि राष्ट्र विकासमा ईंटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

० तपाई वर्तमान कार्यसमितिमा सचिव हुनुहुन्छ, यसबीचमा तपाईले के काम गर्नुभयो र फेरी संघको नेतृत्वमै दावेदारी दिइरहनुभएको छ ?
– संघको उद्देश्य र मेरो कार्य क्षेत्रले निर्देश गरे बमोजिम एनआरएनलाई सँधै एकतावद्ध र संगठित पार्ने अभियानमा निरन्तर सक्रिय रहें । खासमा मेरो जिम्मेवारी वैदेशिक रोजगार कार्यदलको संयोजक हो, त्यसको नेतृत्वकर्ताको रुपमा मैले बैदेशिक रोजगारीमा रहेका २३ लाखभन्दा बढी नेपालीको सुरक्षित आप्रावासन कसरी गर्न सकिन्छ भन्ने सवालमा दिनरात नभनी काम गरिरहें । यिनै विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी त डेलिगेशन नै गइयो । हाम्रा धेरै मागहरु पूरा भएका छन्, केही हुँदैछन् पनि । केही अपूरा कामहरु आगामी कार्यकालमा गर्ने मेरो योजना छ ।

० धेरै काम गरें त भन्नुभयो, के काम भएका छन् ?
– हाम्रो पहलमा ओमान र बहराइनमा नेपाली दुतावासको स्थापना भइसकेको छ । दुतावास स्थापना भएका ठाउँमा देखिएको कर्मचारीको अभाव समाधानका लागि भएका पहल पनि सफल भएका छन् । कतिपय देशमा अझै कर्मचारीको संख्या अपुग छ । हरेक दुतावासमा एनआरएन डेक्स स्थापना भइसकेको छ । नेपालवाट विदेश जाँदा पुनः श्रम स्वीकृति लिने काम सहज र सरल भएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डवाट विदेशमा मृत नेपालीहरुको शव स्वदेश फर्काउनका लागि छिटो—छरितो बनाउन सकिएको छ । विदेश फर्किंदा ल्याइएका सामानहरुमा भन्सार लिन नहुने आवाज सुनुवाइ भइ कार्यान्वयन भएको छ । मेरै कार्यकालमा मैले गर्नुपर्ने एक परोपकारी कार्यअन्तर्गत मोरङ इटहरा र गोविन्दपुरमा पाँच लाख रुपैंया हस्तान्तरण गरिसकेको छु ।

० तपाईहरु नेतृत्वको लडाई लडिरहँदा संघ भने स्थापना भएको १० बर्षसम्म पनि नेपालमा दर्ता हुन सकेको छैन, किन ?
– हो, अझै संघ दर्ता गर्न नसकिएकै हो । हाम्रो विधान र नेपाल सरकारको ऐन बाझिएको छ । मलाई लाग्छ अब आउने कार्यकालमा राज्यले आºनो ऐनमा परिबर्तन गरी सहज रुपमा संघ दर्ता गर्ने बाटो खोल्नेछ ।

० अहिलेसम्म उपाध्यक्ष पदका लागि धेरैको उम्मेदवारी आएको छ, उपाध्यक्षका लागि म नैं योग्य छु भन्ने आधार के छ तपाईसँग?
– स्थापनाकालदेखि निरन्तर म एआरएनको हरेक अभियानमा सक्रिय छु । संस्थाले सुम्पेको हरेक जिम्मेवारी सफल रुपमा कार्यान्वयन गरेको छु । एनआरएनका हरेक काममा अहोरात्र खटेको छु । एनआरएनको अभियानलाई नयाँपन र शसक्त बनाउन लागि मैले हरतरह कोसिस गरेको छु । एनआरएनका अग्रज तथा साथीहरुले मेरो अनुभव, मेरो कार्य दक्षता र विगतमा मैले गरेका कामका आधारमा सर्वसम्मत मलाई उपाध्यक्षमा चयन गर्नुहुनेछ भन्ने मेरो आत्मविश्वास छ ।

० तर एनआरएनहरु एजेण्डा बनाउँछन अनि हल्लामात्र गर्छन भन्ने आरोप बर्षौंदेखि लाग्दै आइरहेको छ, तपाइसँग यी एजेण्डा पूरा गर्ने आधार के छन त ?
– सत्य हो, यस्ता आरोप लाग्छन् । तर, सबैको हकमा यो लागू हुँदैन । म काममा विश्वास गर्छु । संघ स्थापनाको यो एकदशकसम्म हामीले संस्थाको परिचय, समस्या पहिचान र सञ्जालको निर्माणमा समर्पित गर्यौं । संगठन सुदृढिकरणको अतिरिक्त लगानीका आधारहरु तयार गर्नमा खर्चियौं । अबको दशक एनआरएनको लगानी दशक रहनेछ । सीप, ज्ञान र पूँजीको लगानी गरेर देश निर्माणमा संसारभरिका थुप्रै एनआरएनहरु लगानीका लागि जुटिसक्नु भएको छ । हामीले एनआरएन इन्भेष्टमेन्ट कम्पनीमा मात्रै झण्डै एक अर्ब रकम जम्मा गर्ने निश्चित गरेका छौ । अव एनआरएनहरुले देखिने गरी काम गर्छन, ढुक्क हुनुस् ।

० अन्त्यमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई तपाईं के भन्न चाहनुहुन्छ ?
– विश्वमा छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली मित्रहरुप्रति मेरो सम्मान छ । हामी संघमार्फत विश्वभरका गैरआवासीय नेपालीहरुलाई एकसुत्रमा बाँध्ने अभियानमा छौं । मलाई तपाईंहरुले काम गर्न एक कार्यकाल सचिव बनाउनुभयो, अब उपाध्यक्ष पदमा पनि यहाँहरुको साथ, समर्थन र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । मैले यो पद गरिमामय सम्मानमात्र होइन, जटिल जिम्मेदारी समेत ठानेको छु । अन्त्यमा सम्पूर्ण गैरआवासीय तथा नेपाल भित्र रहनुभएका दाजुभाइ, दिदीबहिनीहरुलाई विजया दशमी तथा शुभ दीपावाली र इदको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।