१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसद्वारा शुभकामना आदानप्रदान



अ+ अ-

भद्रपुर, २२ असोज –

विजयादशमी, दीपावली, छठ, बकरिद, नेपाल संवत् र बलिहाङ चाडपर्वको अवसरमा नेपाली काँग्रेस वडा समितिद्वारा झापाको मेचीनगर–१ धुलाबारीमा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्बाङले स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र विधिको शासन कायम गराउने संविधान निर्माणका लागि अब हुने संविधानसभाको निर्वाचनमा युवापुस्तालाई उम्मेदवार बनाएर नेपाली काँग्रेस पार्टी अघि बढेको बताउनुभयो ।

झापा क्षेत्र नं १ का लागि नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले आफू व्यक्तिगत नभइ नेपाली काँग्रेसको उम्मेदवार भएकाले अब नेपाली काँग्रेसलाई विजयी गराएर संविधान निर्माण गराउने सुनिश्चित बाटो रोज्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस झापाका जिल्ला सदस्य टेकबहादुर लिम्बू, भूतपूर्व कर्मचारी सङ्घका त्रिभुवन चौधरी, मुस्लिम सङ्घ झापाका अध्यक्ष अमिन आलम, तरुण दलका वडा सभापति अम्बर गुरुङ र महिला सङ्घका वडा सभापति बिना रिजालले आफ्नो पार्टीप्रति प्रतिबद्ध भएर सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस वडा समितिका सभापति बद्री खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य जीवन प्रधान र धुलाबारी उच्च माविका प्राचार्य रुद्र कुरुङबाङले पनि निर्वाचनलाई सफल बनाउन पर्नेमा जोड दिनुभएको थियो ।