३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसद्वारा शुभकामना आदानप्रदान



अ+ अ-

भद्रपुर, २२ असोज –

विजयादशमी, दीपावली, छठ, बकरिद, नेपाल संवत् र बलिहाङ चाडपर्वको अवसरमा नेपाली काँग्रेस वडा समितिद्वारा झापाको मेचीनगर–१ धुलाबारीमा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्बाङले स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र विधिको शासन कायम गराउने संविधान निर्माणका लागि अब हुने संविधानसभाको निर्वाचनमा युवापुस्तालाई उम्मेदवार बनाएर नेपाली काँग्रेस पार्टी अघि बढेको बताउनुभयो ।

झापा क्षेत्र नं १ का लागि नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले आफू व्यक्तिगत नभइ नेपाली काँग्रेसको उम्मेदवार भएकाले अब नेपाली काँग्रेसलाई विजयी गराएर संविधान निर्माण गराउने सुनिश्चित बाटो रोज्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस झापाका जिल्ला सदस्य टेकबहादुर लिम्बू, भूतपूर्व कर्मचारी सङ्घका त्रिभुवन चौधरी, मुस्लिम सङ्घ झापाका अध्यक्ष अमिन आलम, तरुण दलका वडा सभापति अम्बर गुरुङ र महिला सङ्घका वडा सभापति बिना रिजालले आफ्नो पार्टीप्रति प्रतिबद्ध भएर सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस वडा समितिका सभापति बद्री खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य जीवन प्रधान र धुलाबारी उच्च माविका प्राचार्य रुद्र कुरुङबाङले पनि निर्वाचनलाई सफल बनाउन पर्नेमा जोड दिनुभएको थियो ।