१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाओवादी कास्कीका उम्मेदवार पौडेलको प्रचार गाडीमा आगजानी



अ+ अ-

कास्की, ६ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. १ का एमाओवादी उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्नुभएको गाडीमा आज अज्ञात समुहले आगजनि गरेको छ ।

चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुग्नुभएको उम्मदेवार पौडेलले प्रयोग गर्नुभएको ग. १ च ५१४३ नम्बरको बोलेरो जिपमाथि अज्ञात समुहले आगजनी गरेको हो ।

अज्ञात समुहले विहान करिब ४ : १५ बजेतिर सिद्ध गाविसको वडा न. ६ स्थित निवुवा स्वाँरामा पार्किङ गरेर राखेको जिप आगजनी गरेको हो । आगजनीबाट जिप जलेर ध्वस्त भएको छ । जिप सहित प्रचार सामग्रीहरु समेत जलेर नष्ट भएका छन् ।

घट्नापछि प्रतिकृया दिँदै पौडेलले देशव्यापी रुपमा एकीकृत माओवादीको लहर देखेपछि चुनावमा पराजित हुने डरले यस्तो हतकण्डा अपनाएको बताउनु भयो । उहाँले घटनाको निस्पक्ष छानविन गर्न माग गर्नुभएको रेडियो गण्डकी पोखराले जनाएको छ ।