• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन

एमाओवादी कास्कीका उम्मेदवार पौडेलको प्रचार गाडीमा आगजानी



कास्की, ६ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. १ का एमाओवादी उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्नुभएको गाडीमा आज अज्ञात समुहले आगजनि गरेको छ ।

चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुग्नुभएको उम्मदेवार पौडेलले प्रयोग गर्नुभएको ग. १ च ५१४३ नम्बरको बोलेरो जिपमाथि अज्ञात समुहले आगजनी गरेको हो ।

अज्ञात समुहले विहान करिब ४ : १५ बजेतिर सिद्ध गाविसको वडा न. ६ स्थित निवुवा स्वाँरामा पार्किङ गरेर राखेको जिप आगजनी गरेको हो । आगजनीबाट जिप जलेर ध्वस्त भएको छ । जिप सहित प्रचार सामग्रीहरु समेत जलेर नष्ट भएका छन् ।

घट्नापछि प्रतिकृया दिँदै पौडेलले देशव्यापी रुपमा एकीकृत माओवादीको लहर देखेपछि चुनावमा पराजित हुने डरले यस्तो हतकण्डा अपनाएको बताउनु भयो । उहाँले घटनाको निस्पक्ष छानविन गर्न माग गर्नुभएको रेडियो गण्डकी पोखराले जनाएको छ ।