१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने



अ+ अ-

 

काठमाडौंः प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ७.५ प्रतिशत बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद रहेको छ ।

कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।