• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

एनआरसी खेलकुद प्रतियोगिता सम्पन्न



सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा अन्तर राज्यस्तरीय एनआरसी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा गरिएको प्रतियोगिता अन्तर्गत शुक्रबार Chhatswood गल्फ क्लबमा गल्फ प्रतियोगिता र North Ryde आरएसएल क्लबमा टेनिस खेल सम्पन्न भएको छ । शनिबार ओलम्पिक पार्कमा ब्याडमिन्टन र आइतबार ओलम्पिक पार्कमा नै टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगिताका लागि अष्ट्रेलियास्थित नेपाली राजदुतावासले पाँच सय डलर सहयोग गरेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालले विजेतालाई पुरस्कार वितरण गरे । खेलकुदका माध्यमबाट नेपालीहरुका बीचमा भातृत्व र सदभाव बढाएको बताइएको छ ।