• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   सांसद शर्मा भन्छन्–छिट्टै काँग्रेस, एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै

सिड्नीमा बन्यो नेपाल गृह



नेपाल फेष्टिबल आयोजनास्थलमा बनाइएको स्वागतद्वार

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल गृह बनेको छ । सेप्टेम्बर छ मा आयोजना हुने नेपाल फेष्टिबलका लागि सिड्नीको डार्लिङ हार्वरमा नेपाल गृह बनेको हो । फेष्टिबल स्थलमा प्रबेश गर्ने स्थानमा भव्य स्वागतद्वार बनाइएको छ, जहाँ नेपाल हाउस लेखिएको छ ।
प्रबेशद्वार पुग्दा नै नेपाल पुगेजस्तो महशुस र नेपालको झल्को हुनेगरी निर्माण गरिएको छ । स्वागतद्वारबाट भित्र प्रबेश गरेपछि पनि नेपाल नै प्रबेश गरेजस्तो महसुस हुनेगरी सजावट गरिएको छ ।
नेपाली हस्तकलाका साथै विभिन्न संस्कृति झल्कने थरिथरिकाका स्टलहरुले नेपालको झल्को दिनेछन् । खानाका लागि मात्रै दश वटा र अन्य २४ वटा गरी ३४ वटा स्टलहरु आयोजनास्थलभित्र तयार गरिएको छ । नेपाली कला, संस्कृति, भेष, भुषा, रिति रिवाज र परम्परा झल्कने गरी आयोजनास्थललाई सजाइएको छ । नेपाल फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क डार्लिङ्ग हार्वर मा भएको सजावटले सगरमाथा र बुद्वको देश नेपाललाई विश्वभरी चिनाउन मद्यत पुग्ने आयोजक गैर आवसीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको विश्वास रहेको छ ।
महोत्सवमा पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पाले आफ्ना हजुरबुवाको रोचक हिमाल यात्राको कथा सुनाउनेछन् । महोत्सवबाट नेपालको पर्यटन पर्वर्दनमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

नेपाल महोत्सवको बारेमा सम्बन्धित निकायकी कर्मचारीलाई जानकारी गराउँदै आयोजकहरु ।
नेपाल महोत्सवमा राखिने स्टलहरुको बारेमा जानकारी दिदै सिड्नी सिटि काउन्सिलसंग अनुमति लिदै ।
पहिलो सगरमाथा आरोही तेञ्जिङ्ग नोर्गे शेर्पाका नाति टाशी तेञ्जिङ्ग शेर्पा (बीचमा) आफ्ना हजुरबुवाको रोचक हिमाल यात्रा सुनाउन सिड्नीमा ।
फेष्टिबल आयोजनास्थल तुम्बलंग पार्क, डार्लिङ्ग हार्वर को झकिझकाउ दृश्य ।