• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ ★   ‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’ ★   खेलकुदमन्त्री श्रेष्ठद्वारा दशरथ रंगशालाको निरीक्षण ★   सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

अष्ट्रेलियामा ‘नेपाल चंगा उत्सव २०१४’



सिड्नी । गुठी अष्ट्रेलियाले आगामी सेप्टेम्बर २७ तारिखमा सिड्नीको रकडेल स्थित Bicentennial Park मा नेपाल चंगा उत्सव २०१४ आयोजना गर्ने भएको छ ।
दशैंको बेला नेपालमा चंगा उडाउने परम्परालाई निरन्तरता दिदै यहाँ रहेका नेपालीहरुले सिड्नीमा पनि चङ्गा उडाउने भएका हुन् ।
यसका निम्ति चंगा, लट्टाई, धागो नेपाल बाटै ल्याइएको आयोजकले जानकारी दिए ।
कार्यक्रममा निशुल्क सहभागी हुन सकिने र कार्यक्रम स्थलमा नै धा

गो, लट्टाई र चंगा किन्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै फुड फेष्टिभल, बालबालिकाका निम्ति आकर्षक अन्य गतिविधि पनि समावेश गरिने भएको छ ।
विहान १० बजेपछि सुरु हुने कार्यक्रममा १० भाग्यशाली सहभागीहरुका निम्ति खसी उपहार प्रदान गरिने बताइएको छ । दशैको पूर्वसन्ध्यामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा यस्ता कार्यक्रम गरी नेपाली हिन्दुहरुको महान् चाड दशैंलाई स्वागत गर्ने क्रम सुरु भइसकेको छ ।