• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती ★   भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार ★   बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो

लुईटेलले यसरी बनाए नेपाल फेष्टिबलको लोगो



मेलवर्न । अष्ट्रेलियामा भैरहेका नेपाल फेष्टिबलको लोगो फोटोग्राफर तथा ग्राफिक डिजाइनर संकल्प लुइटेलले बनाएका हुन् । उनले बनाएको लोगो एक सय भन्दा बढि प्रतिस्पर्धी लोगोहरुलाई पछाडी पार्दै नेपाल फेष्टिबलका लागि छनौट भएको छ ।
उनले यो लोगो रमाइलो तरिकाले बनाएका छन् । नेपाल फेष्टिबलको लोगो बनाउँदा नेपालको प्रतिनिधित्व गर्नुपर्ने चुनौति सोचेर आफुले लोगो बनाएको लोगो निर्माता संकल्प लुइटेलले अनलाइन चौतारीलाई बताए । उनका अनुसार लोगो बनाउने क्रममा उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, नेपालको राष्ट्रिय झण्डा र बुद्वको तस्विर अंकित गर्ने प्रयास गरे ।
लुइटेलले भने –‘अरु देश भन्दा नेपाल फरक भएको प्रमुख यी तीनवटा कारणले हो । त्यसकारण मैले यसलाई समेट्ने प्रयास गरें ।’
सोही अनुसार लुइटेलले नेपालको राष्ट्रिय गान, सगरमाथा, गौतम बुद्व र नेपालको राष्ट्रिय झण्डा समेटेर आकर्षक लोगो बनाउन सफल भए । लोगो बनाउने क्रममा उनले नेपाल चार जात र ३६ वर्णको साझा फुलबारी भएको पनि सम्झिए । उनी भन्छन्–‘मैले त्यही कुरालाई ध्यान दिएर लोगो बनाएको हुँ ।’
यस वर्षको नेपाल फेष्टिबलमा आफ्नो लोगो छनोट भएकोमा लुईटेल निकै खुशी छन् ।
अष्ट्रेलियाको मेलवर्नमा १४ वर्ष देखि बसिरहेका लुइटेल विभिन्न संस्थामा ग्राफिक डिजाइनर तथा फोटोग्राफरको रुपमा कार्यरत छन् ।
उनले बनाएको लोगो अष्ट्रेलियाका प्रमुख तीन शहरहरुमा भैरहेका नेपाल फेष्टिबलमा प्रयोग भैरहेका छन् । अष्ट्रेलियाको पर्थ र सिड्नीमा नेपाल फेष्टिबल भव्य रुपमा सम्पन्न भैसकेको छ भने मेलवर्नमा नोभेम्बर दुईमा नेपाल फेष्टिवल आयोजना हुँदैछ ।