• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडको सहज जित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई ४–२ गोलले हरायो ।

घरेलु मैदानमा म्यान्चेस्टरलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले २ (एक पेनाल्टीसहित) तथा ह्यारी माग्वेर र रासमस होलण्डले १–१ गोल गरे । शेफिल्डका जेडेन बोग्ले र बेन ब्रेरेटन डियाजले गोल फर्काए ।

म्यान्चेस्टर युनाइटेड ३३ खेलबाट ५३ अंकसहित तालिकाको छैटौं स्थानमा रहँदा शेफिल्ड १६ अंकसहित पुछारमा छ ।