२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैयाकरणको स्मृति दिवस मनाइयो



अ+ अ-

व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालको ९२औँ स्मृति दिवस सुरुङ्गामा मनाइएको छ । इतिहासविद् प्राज्ञ ज्ञानमणि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १०१ वर्षीय होमनाथ नेपाल तथा ज्येष्ठ नागरिक इन्द्रबहादुर कार्की र लक्ष्मीप्रसाद नेपाललाई सम्मान गरिनाका साथै प्रतिष्ठानका आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्षसमेत रहेका प्राज्ञ नेपालले बालागुरु षडानन्दका शिष्यका रूपमा रहेका वैयाकरणले ‘रामायण किष्किन्धा काण्ड’,‘शालिहोत्र–अश्वगुणदोष निरुपण’, ‘तरर्कारी कल्प’, ‘टक्सारवर्णन’, ‘लङ्का वर्णन’, ‘विराट् वर्णन’ र ‘व्रतमाला–पुण्यशिक्षा’लगायत कृति प्रकाशन गरेर नेपाली भाषा र व्याकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।