४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

नेपालमय बन्यो फेडेरसन स्क्वायर

नेपालमय बन्यो फेडेरसन स्क्वायर
अ+ अ-

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित फेडेरसन स्क्वायर नेपालमय बनेको छ । फेडेरेसन स्वायरमा नेपाली झण्डा फहराएका छन् भने जताततै नेपालीहरु देखिएका छन् । यति मात्र होइन, यहाँ नेपालका विभिन्न सांस्कृतिक झाँकीहरुको प्रस्तुतीका कारण एउटा नेपाल नै बनेजस्तो भएको छ, फेडेरेसन स्वायर ।
नेपालीहरुको बाक्लो उपस्थितिका कारण अष्ट्रेलियन तथा अन्य देशका नागरिकहरु यस ठाउँमा पर्यटक जस्ता देखिएका छन् ।
नेपालीहरुको यो जमघट हुनुको कारण भने नेपाल महोत्सव रहेको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियास्थित नेपाली दुतावास र नेप्लीज एशोसियसन अफ भिक्टोरियाको संयुक्त आयोजनामा जारी महोत्सवको रौनकका कारण मेलवर्नको फेडेरेसन स्वायर नेपालमय भएको छ ।
फेडेरेसन स्वायरमा नेपाली झण्डाहरु फहराएका छन् । नेपाली नाचगान, नेपाली पञ्चेबाजा सहित विभिन्न कला र संस्कृति देखाउँदै सडकमा सांस्कृतिक परेड गरिएको छ । नेपाल महोत्सवमा भाग लिन धेरै टाढाबाट समेत पुगेकाहरुको उल्लेख्य सहभागिता रहेको छ ।
शुरुवातमा निकालिएको साँस्कृतिक परेडमा लाखे नाँच, विभिन्न जातजाती आ आफ्ना परम्परागत भेषभुषामा सजिएर, परम्परागत नृत्य देखाइएको छ ।

नेपाल फेष्टिबलका लागि निकालिएको सांस्कृतिक परेड ।

मेलवर्नको स्टेट लाइब्रेरी अफ भिक्टोरियामा भेला भई साँस्कृतिक परेडका साथ फेडेरेशन स्क्वाएर पुगी औपचारिक कार्यक्रम भएको छ । नेपाल फेस्टीभलमा सहभागीले नेपाली चर्चित कलाकारहरु मिलन लामा, सबिन राई एण्ड द इलेक्ट्रिक्स, दिव्या सुब्बा लगायतले स्टेजमा साँगीतिक प्रस्तुतीमा रम्नेछन ।
नेपालका विभिन्न चाडपर्व झल्काउने र त्यसबारे जानकारी दिने खालको विशेष नेपाली नृत्य समेत तयार पारिएको आयोजकले बताएको छ । भिक्टोरियामा रहेका केहि युवा कोरियाग्राफरहरुले ल्याएको विशेष नेपाली नृत्य साँझ ६ बजे देखि शुरु हुनेछ ।
साथमा नेपालका मिठा र मनै लोभ्याउने पारम्परिक खानाहरु सेलरोटी, समयबजी, म म लगायत अन्य नेपाली स्वादिष्ठ खानाहरुको स्टल रहनेछन ।
नेपाल फेष्टिवलमार्फत अष्ट्रेलियामा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुमा आपसी माया, सद्भाव, साथ र सहयोगको भावना बढाउने आयोजकको विश्वास छ । यस्तै सबैको मन मनमा हामी नेपाली एक नेपाल नै हाम्रो घर भन्ने भावना जागृत गर्दै देशप्रेम र देश विकासको लागि अग्रसर हुन जागरण ल्याउने उदेश्य आयोजकले लिएको छ ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले कार्यक्रममा सहभागी भएर नेपाल र नेपाली कला, संस्कृति, पर्यटन र व्यापार व्यवसाय प्रर्बद्धनमा एकजुट हुन सबै मेलवर्नवासी नेपालीमा अपिल गरेको थियो ।
कार्यक्रम मनोरञ्जनको थलो मात्रै नभएर नेपालमा पर्यटन प्रवर्दन र लगानीको वातावरणका लागि पनि कोशेढुङ्गा सावित भएको छ ।
शनिबार सुरु भएको नेपाल फेष्टिबलमा शनिबार नेपालमा पर्यटन प्रवर्दन र लगानीका विषयमा गहन छलफल भएको थियो । बेग्लाबेग्लै कार्यशालामा नेपालबाट पुगेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुका साथै अष्ट्रेलियाका लगानीकर्ता र गैर आवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन एइसीसी, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, आरजीआइटी अष्ट्रेलिया, फेड स्क्वाएर, टिडब्लयुजीजी,एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, बुद्ध ट्राभल एण्ड टुर, मेरो कन्सल्ट्यान्सी, डाउनअन्डर करी, एक माइग्रेशन एजुकेशन, कँडेल कन्सल्ट्यान्सी, एएमई, नीरांकार रेष्टुरेण्ट लगायत संघ संस्थाको साथ रहेको छ ।