• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो

दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मियो



लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ । बेँसीसहर नगरपालिका वडा नम्बर ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो ।

प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएका थिए । ती प्राविधिकले भैँसीको पेटमा दुईवटा टाउका भएको पाडो भएको बताएपछि जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धिताललाई बोलाइएको थियो ।

पशु प्राविधिक धितालको सहयोगमा भैँसीले दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको बसौलाले बताए । पाडोको घाँटीबाट दुईवटा टाउका छुट्टिएका छन् । शरीर सामान्य भए पनि पुच्छर दुईवटा छन् ।

पशु प्राविधिक धितालले आफ्नो जागिरको अनुभवमा दुई वटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक भएको बताए ।