• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मियो



लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ । बेँसीसहर नगरपालिका वडा नम्बर ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो ।

प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएका थिए । ती प्राविधिकले भैँसीको पेटमा दुईवटा टाउका भएको पाडो भएको बताएपछि जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धिताललाई बोलाइएको थियो ।

पशु प्राविधिक धितालको सहयोगमा भैँसीले दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको बसौलाले बताए । पाडोको घाँटीबाट दुईवटा टाउका छुट्टिएका छन् । शरीर सामान्य भए पनि पुच्छर दुईवटा छन् ।

पशु प्राविधिक धितालले आफ्नो जागिरको अनुभवमा दुई वटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक भएको बताए ।