३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजल – त्यो गाउने सँग बिहे गर्छु



अ+ अ-
मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु

गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।

 

सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी,

अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।

 

वर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ,

चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँग बिहे गर्छु।।

 

कैले मैले सताएर ठुस्की बस्दा पटाएर,

मिठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।

 

दैव लागी टाढा हुँदा सम्झी सम्झी मलाई नै,

जता ततै चारै तिर पाउने सँग बिहे गर्छु।।