२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक क्षमता भएका व्यक्तिहरूको लागि स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौं । विगत केहि वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको “टिम नेपो“ ले यस वर्षपनि, नोभेम्बर २० मा फरक क्षमता भएका व्यक्तिहरुका लागि, नवज्योति प्राइमरी विद्यालय पाँगा, किर्तिपुर, काठमाण्डौंमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविर मार्फत २९ जना व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै, जेष्ठ नागरिकहरुलाई पनि सेवा उपलब्ध गराएको थियो । 

शिविरमा चिकित्सकहरुले समस्या अनुसारको औषधी मात्र नतोकेर, उनीहरुलाई सल्लाह र स्वच्छता/स्वास्थ्य सम्बन्धित सामग्री जस्तैं साबुन, मास्क, इम्युनिटी टि पनि प्रदान गरेका थिए ।  
राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपालका अध्यक्ष महेन्द्र थापाले आफ्नो प्रारम्भिक मन्तव्य राख्दै फरक क्षमता भएका व्यक्तिहरुको लागि आवश्यक परेको समयमा यस्तो राम्रो सहयोग गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

डा.आभास आचार्य, अध्यक्ष  NAMMS (आईएमडीएफ) का बोर्ड सदस्य डा. सुशान्त भण्डारी, एएमडीआरएफका उपाध्यक्ष डा. रोबिन श्रेष्ठ, टिम नेपोका सहसचिव डा. सञ्जु कार्की, डा.प्रदीप अधिकारी, डा.प्रतिमा ढकाल, डा.अजय राजवंशी, डा.कमल विक्रम पौडेल र डा.महेश अर्यालले उद्घाटन समारोह गरेपछि शिविरमा बिरामीको सेवा गरेका थिए ।

प्रधान परिवार परोपकारको सहयोगमा, राष्ट्रिय अपाङ्ग युवा सञ्जल नेपालको संयोजकत्वमा साथै नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट्स सोसाइटी र एकीकृत चिकित्सा विकास प्रतिष्ठानको सहकार्यमा उक्त शिविर सञ्चालन भएको हो ।