• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित



काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघि देखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको छ ।
एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलन सहित गस्ती सुरु गरेको भए पनि तीनदिन अघिदेखि चक्रपथभित्रको क्षेत्रमा नेपाली सेनाले गस्ती बढाएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले बताए । उनका अनुसार सार्क सम्मेलन हुने स्थल तथा चक्रपथ भित्रका सवै क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ ।
सार्क सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि उपत्यकामा सुरक्षा गस्ती बढाएका छन् ।
सडकका दायाँबायाँ तथा गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती पनि बढेको छ । सेना र प्रहरीका अधिकृृतहरु पर्याप्त संख्यामा सादा पोशाकमा समेत खटिएका छन् ।
सार्वजनिक स्थलमा हुने सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकजाँचको अवस्थाले नै सुरक्षा प्रभावकारिताको संकेत दिने भएकाले सुरक्षा सतर्कताका अधिकांश गतिविधि अदृष्य समेत हुने गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । देखिने गरी गस्तीमा खष्टिनुका साथै सादा पोशाकमा सूचना संकलन गर्दै सुरक्षा सजगतासमेत अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
जाँचमा सक्रिय भएर लागेको राष्ट्रिय अनुसन्धानको सूचना सतही र झारा टार्ने मात्र भएको तीन सुरक्षा निकायका अधिकारीहरुले ठहर गरेका छन् । त्यही कारणले तीनै सुरक्षा निकायले आ–आफ्नै संयन्त्र खडा गरी सूचना संकलनको काम गरिरहेका छ्न । आजको राजधानी दैनिकमा खबर छ ।