२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडकको खाल्टाखुल्टीले सास्ती



अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहुँदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् ।

ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो गरेका छन् । कामविशेषले भन्सार  क्षेत्र वा नजिकको भारतीय बजार  रक्सौल जानुपर्दा जोखिममा यात्रा गर्नु परेको महानगरपालिका–२ छपकैयाका असहाब आलमले जानकारी दिनुभयो । उहाँले बिग्रिएको सडकका कारण  दुर्घटनाको जोखिमसँगै वर्षाका बेला हिलो र हिउँदका बेल धुलोसमेत आफूहरुले खेपिरहेको गुनासो गर्नुभयो ।

वीरगञ्ज भन्सार अगाडिकै मुख्य सडक वर्षौंदेखि बिग्रिए पनि सम्बन्धित निकायलाई उक्त सडक मर्मतसम्भारको कुनै चासो नहुनु दुर्भाग्यपूर्ण रहेको महानगरपालिका–१४ गण्डक निवासी अब्दु सैफ अन्सारीको भनाइ छ । उहाँले बिग्रिएको सडकको कारण सो क्षेत्र सधैँ धुलोम्मे हुने गरेको बताउनुभयो । 

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जीवकुमार गुप्ताले घण्टाघरदेखि मितेरी पुलसम्मको सडकमा रहेका खाल्टाखुल्टीलाई पुरी कालोपत्र गर्न र आवश्यकतानुसार १७ मिटर चौडाइको सडक नै निर्माण गर्ने योजनासहितको अनुमान भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको र मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम सुरु गर्ने बताउनुभयो । (रासस)