३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनकर्मीको भाउमा चर्को वृद्धि, २ घण्टाको १६ हजार



अ+ अ-

एजेन्सी । मुद्रास्फिति उच्च दरमा बढेपछि महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च बढाएका छन् ।
यौनकर्मीले यसरी भाउ एक्कासी बढाएपछि रुसमा यौनकर्मका लागि वेश्यालय धाउने ग्राहकहरु मर्कामा परेका छन् । रुसी मुद्रा रुबलको तिब्र रुपमा अवमूल्यन भए पछि त्यसको प्रत्यक्ष असर त्यहाँको यौन व्यवसायमा परेको हो ।
रुसको मुरमान्स्कमा रहेका वेश्यालयहरुमा काम गर्ने यौनकर्मीहरुले मुद्रास्पिmति बढ्दा जिविका महंगो भएको भन्दै आफ्नो भाउ ४० प्रतिशत सम्म बढाएका छन् । यसअघि य्राहकले यौनकर्मीसँग २ घण्टा बिताउँदा बढिमा ७ हजार रुबल्स सम्म तिर्नुपर्नेमा अब भाउवृद्धि हुँदा २ घण्टाको १६ हजार भन्दा बढि तिर्नुपर्ने भएको छ ।
वेश्यालयहरु आफैले मूल्य वृद्धिको जानकारी दिएर ग्राहकबाट बढि पैसा उठाउने र सोही बमोजिम आफ्ना यौनकर्मी महिला कर्मचारीलाई तलब दिने व्यवस्था गरिएको छ ।
स्थानीय एक वेश्यालय संचालकले भने, ‘हामीले भाउ घटाउने प्रयास गरिरहेका छौँ तर दैनिकी निकै महंगो हुँदै गइरहेको छ र केटीहरुले घाटामा काम गर्न मान्दैनन् ।’ रुसले युक्रेनमाथि हस्तक्षेप गरेको विरुद्धमा पश्चिमा मुलुकहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएसँगै रुसको मुद्रा रुवेलको अवमूल्यन तिब्र रुपमा बढिरहेको छ ।
रुबल डलर तथा युरोको तुलनामा निकै कमजोर बनिरहेको छ । मंगलबार १ डलर बराबर ५३ रुबल तथा १ युरो बराबर ६६ रुबेल पुगेको थियो । रुबल कमजोर हुने क्रम रोकिएको छैन । रुसी अर्थतन्त्र कमजोर बन्दै गएको र दैनिक महंगीको मारमा पर्दै गएको उदाहरणको रुपमा यौनकर्मीको भाउ बढेको बताइएको छ । भाउ महङ्गीएपछि राष्ट्रपति भ्लादिमिर पुटिनमाथि खरो टिप्पणी भैरहेको छ ।