२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटी सकिएको भन्दै पाइलटले बिमान बिचमै छाडेपछि…



अ+ अ-

काठमाडौं । रुकुमको चौरजहारीका लागि काठमाडौंबाट उडेको ट्विन अटरका पाइलटले ड्युटी सकिएको भन्दै बिमान बिचमा नै छाडेका छन् । सोमबार दिउसो रुकुमको चौरजहारी उडेको बिमानका पाइलट पेम्बा शेर्पाले नेपालगञ्जको आकाशमा पुग्दा ड्युटी सकिएको भन्दै रुकुम नगइ नेपालगञ्जमा बिमानस्थलमा बिमान अवतरण गराए ।

काठमाडौबाट दिउसो ३ बजे आठ यात्रु लिएर गएको बिमान कुनै प्राबिधिक समस्या बिना पाइलटको सनकका भरमा नेपालगञ्ज बिमानस्थलमा अवतरण भएको थियो । तारा एयर हुँदै चार वर्ष अघि नेपाल बायूसेवा निगमको बिमान उडाउन थालेका शेर्पाले गरेको कार्य बारे नेपाल वायूसेवा निगमले छानबिन थालेको छ ।

नेपालगञ्जमा पुगेका यात्रुलाई निगमले होटलमा बस्ने व्यवस्था मिलाउदै मंगलबार बिहाननेपालगञ्जबाट रुकुम पुयाइएको छ ।