३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा



अ+ अ-

बागलुङ, २४ मंसिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् । रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा खर्चने जति दुःख र मेहनतले स्वेदशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वासका साथ युवाहरूले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । खुङ्गा–२ मा ढोरपाटन कृषि तथा पशुपालन समूह बनाएर उनीहरू कृषि उद्यमतिर अग्रसर बनेको समूहका अध्यक्ष गणेश थापाले जानकारी दिए ।

पहिलो चरणमा २५ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले बाख्राका सङ्ख्या थपिएको छ । स्थानीय नौजना युवाहरू समूहमा आवद्ध भएपनि बाख्रापालनका लागि चारजनाले लगानी गरेका छन् । सुरुमा रु चार लाख १७ हजार लगानी भएको अध्यक्ष थापाले बताए ।

बाख्रा विस्तार गर्ने, बजारीकरण गर्नेसँगै व्यावसायिक तरकारी खेती पनि सुरु गर्ने तयारीमा रहेको बताइएको छ । समूहले व्यवसायबाट आउने कुल नाफाको ५० प्रतिशत समुदाय विकासमा खर्चने उद्देश्य पनि राखेको छ । बाख्रापालन सुरु भएपछि दुई जना स्थानीयले रोजगारीसमेत पाएका छन् ।

व्यावसायिक कृषि अपनाउने समूहलाई अनुदान, प्रविधि सहयोग गरिने कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।