५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

काबुलमा आत्मघाती आक्रमण छको मृत्यु

काबुलमा आत्मघाती आक्रमण छको मृत्यु
अ+ अ-

काबुल २५ मंसिर । अफगानिस्तानको राजधानी काबुलको उपनगरमा बिहीबार बिहान भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा छ अफगान सैनिकको मृत्यु भएको छ ।

काबुलको बाहिरी इलाकामा पर्ने ताङ्गी तराखील क्षेत्रमा अफगान सैनिकलाई लिएर गइरहेको एक बसलाई लक्ष्यगरी आत्मघाती आक्रमणकारीले आक्रमण गरेको अपराध शाखा एकाइका प्रमुख जनरल फारिद आफ्जाइलले बताए ।

तालिवान आतङ्ककारी समूहका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यस आक्रमणको जिम्मा तालिवान समूहले लिएको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहीबार करिब ७ः१५ मा ताङ्गी तराखील क्षेत्रमा पैदल नै आइरहेका एक आत्मघाती आक्रमणकारीले अफगान सेनाको बसलाई लक्ष्यगरी आक्रमण गरेको आफ्जाइलले बताए ।

यस आक्रमणबाट छ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका उनले बताए । अफगान गृह मन्त्रालयले पनि यस आक्रमण र मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयका अनुसार भने सो आक्रमणमा ११ जना घाइते भएका छन् ।

आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ । त्यसैगरी अफागानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ ।

अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आबद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् । सन् २०१५ बाट नेटो आबद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ । पछिल्लो समयमा तालिवानले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।