५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पहिरो परी बीसको मृत्यु असी भन्दा बढी बेपत्ता

पहिरो परी बीसको मृत्यु असी भन्दा बढी बेपत्ता
अ+ अ-

इन्डोनेसिय, २८ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या २० पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अबिरल वर्षापछि शुक्रबार अबेर राति गएको यस पहिरोमा परी २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० भन्दा व्यक्ति हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताए । जाभा द्वीपको जेमब्लुङ्ग गाउँमा गएको यस पहिरोबाट बालबालिकासहित १२ घरपरिवारका व्यक्तिहरु पुरिएका नुङ्रोहोले बताए ।

नुङ्रोहोका अनुसार पहाडी इलाकामा पर्ने यस इलाकामा यस पहिरोमा २४ घण्टा पछाडीसम्ममा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८८ जना अझै बेपत्ता रहेका छन् ।

यस प्रकोपको क्रममा १५ जना व्यक्तिहरु गम्भीर घाइते भएका र ती मध्ये अन्य ११ जना अवस्था गम्भीर रहेको जनाइएको छ । पहिरो प्रभावित यस क्षेत्रबाट ५७७ व्यक्तिलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको बताइएको छ ।

सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा जारी यस उद्धारकार्यमा करिब एक हजार २५० व्यक्तिको उद्धार गरिएको बताइएको छ ।