काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती भवनमा केही बेरअघि बसेको बैठक जारी छ ।
बैठकमा महाधिवेशनको अन्तिम तयारीको बारेमा छलफल भएको बताइएको छ । बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्द सत्र, प्रतिनिधि छनोट, मनोनयन लगायतमा छलफल गरिनेछ ।
आगामी मंसिर १० गतेदेखि चितवनको नारायणी किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन हुँदैछ ।










