• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

शुल्क वृद्धिको विरोधमा क्याम्पसहरुमा तालाबन्दी



कपिलवस्तु, २८ मङ्सिर । शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले गरेको ५० प्रतिशत भन्दा अधिक शुल्क वृद्धिको विरोधमा जिल्लाका सातवटा क्याम्पसमा एकैसाथ तालाबन्दी गरिएको अनेरास्ववियुका जिल्ला सचिव प्रकाश गौतमले बताए ।
तालाबन्दी अघि विद्यार्थी सङ्गठनले विद्यार्थीको पठनपाठनलाई अवरोध नहुने गरी शुल्क वृद्धि फिर्ताको माग गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।
क्याम्पस प्रमुखलाई कालो झन्डा देखाउने, लेखा शाखामा तालाबन्दी, क्याम्पस प्रमुखलाई कार्यकक्ष प्रवेशमा रोकलगायतका दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दा पनि आफूहरुको माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका सचिव गौतमले बताए ।
विद्यार्थी सङ्गठनसँग कुनै किसिमको सुझाव माग र समन्वय नगरी एकाएक गरिएको शुल्क वृद्धि फिर्ता नहुन्जेल ताला नखोलिने नेपाल विद्यार्थी सङ्घ कपिलवस्तुका सभापति राकेश पाण्डेले बताए । सभापति पाण्डेले शुल्क वृद्धिको विरोधमा सम्पूर्ण विद्यार्थी एकजुट भई क्याम्पस प्रशासनको विरोधमा उत्रन आह्वानसमेत गरे ।