६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले गरे केन्द्रीय समिति विघटन प्रस्ताव



अ+ अ-

maoist_meeting

काठमाडौं, २८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्ष माघको तेश्रो सातासम्म विशेष महाधिवेशन गर्ने बुँदागत प्रस्ताव पढेर सुनाएको केन्द्रीय सदस्य वसन्त शर्माले अनलाईन चौतारीलाई जानकारी दिए । प्रचण्डको प्रस्तावमा विशेष महाधिवेशनको लागि केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने उल्लेख छ । त्यतिञ्जेलसम्म अध्यक्षमा प्रचण्ड रहनेछन भने बाँकी सवै महाधिवेशन आयोजक समिति सदस्य हुनेछन् । उक्त प्रस्ताव सम्बन्धी ठोस निर्णय हुन भने बाँकी छ ।

गत बैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलन र त्यसपछि गरिएको चुनावबाट निर्वाचित गरेका पदाधिकारी बाबुराम भट्टराई पक्षले अस्वीकार गरेपछि केन्द्रीय समिति विघटनको प्रस्ताव ल्याउन प्रचण्ड बाध्य भएका हुन् ।

बैठकअघि नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईबीच एक वर्षभित्र विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरण सम्बन्धी विधि बनाउने सैद्धान्तिक सहमति भएको थियो । आगामी एक वर्षभित्र गरिने विशेष महाधिवेशनबाट एक कार्यकालका लागि भट्टराईलाई अध्यक्ष बनाउने ‘भद्र सहमति’ भइसकेको बताइएको छ ।
यस्तै एउटै व्यक्तिमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत हुने परम्परा तोडेर अघि बढ्ने विषयमा पनि दुई नेताबीच सझदारी भइसकेको श्रोतले बताएको छ ।

यसैबीच प्रचण्डले पेश गरेको प्रस्तावप्रति उनी पक्षीय नेताहरु नै असन्तुष्ट बनेका छन् । कतिपय असन्तुष्टहरुले बैठकबाट निस्कनासाथ फेसबुक मार्फत विरोध जनाएका छन् ।
प्रचण्डपक्षीय नेता लोकेन्द्र विष्ट मगरले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन- ‘ पदका लागि ज्यान फाल्ने महापदलोलुपहरु हो, पद पाएर पनि के पो पहिरो लराउंछौ र तिम्रा सारा हर्कत् सबै थाहा भइसक्यो इतिहासको बुख्याचा भन्दा अरु के पो बन्छौ र  ? ‘