९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले गरे केन्द्रीय समिति विघटन प्रस्ताव



अ+ अ-

maoist_meeting

काठमाडौं, २८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्ष माघको तेश्रो सातासम्म विशेष महाधिवेशन गर्ने बुँदागत प्रस्ताव पढेर सुनाएको केन्द्रीय सदस्य वसन्त शर्माले अनलाईन चौतारीलाई जानकारी दिए । प्रचण्डको प्रस्तावमा विशेष महाधिवेशनको लागि केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने उल्लेख छ । त्यतिञ्जेलसम्म अध्यक्षमा प्रचण्ड रहनेछन भने बाँकी सवै महाधिवेशन आयोजक समिति सदस्य हुनेछन् । उक्त प्रस्ताव सम्बन्धी ठोस निर्णय हुन भने बाँकी छ ।

गत बैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलन र त्यसपछि गरिएको चुनावबाट निर्वाचित गरेका पदाधिकारी बाबुराम भट्टराई पक्षले अस्वीकार गरेपछि केन्द्रीय समिति विघटनको प्रस्ताव ल्याउन प्रचण्ड बाध्य भएका हुन् ।

बैठकअघि नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईबीच एक वर्षभित्र विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरण सम्बन्धी विधि बनाउने सैद्धान्तिक सहमति भएको थियो । आगामी एक वर्षभित्र गरिने विशेष महाधिवेशनबाट एक कार्यकालका लागि भट्टराईलाई अध्यक्ष बनाउने ‘भद्र सहमति’ भइसकेको बताइएको छ ।
यस्तै एउटै व्यक्तिमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत हुने परम्परा तोडेर अघि बढ्ने विषयमा पनि दुई नेताबीच सझदारी भइसकेको श्रोतले बताएको छ ।

यसैबीच प्रचण्डले पेश गरेको प्रस्तावप्रति उनी पक्षीय नेताहरु नै असन्तुष्ट बनेका छन् । कतिपय असन्तुष्टहरुले बैठकबाट निस्कनासाथ फेसबुक मार्फत विरोध जनाएका छन् ।
प्रचण्डपक्षीय नेता लोकेन्द्र विष्ट मगरले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन- ‘ पदका लागि ज्यान फाल्ने महापदलोलुपहरु हो, पद पाएर पनि के पो पहिरो लराउंछौ र तिम्रा सारा हर्कत् सबै थाहा भइसक्यो इतिहासको बुख्याचा भन्दा अरु के पो बन्छौ र  ? ‘