५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घर्षको तयारीमा एमाओवादी नेतृत्वको मोर्चा



अ+ अ-
फाईल फोटो

काठमाडौँ, ६ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गरेको छ ।

भोली कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि भोली नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताए ।

मोर्चाले आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा अवगत गराउने र संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष सिंहले जानकारी दिए ।

बैठकमा एमाओवादीले शनिबार काँग्रेस र एमालेसँग भएको छलफलका बारेमा जानकारी गराउँदै अब सङ्घर्षमा जानुको विकल्प नरहेको बताए पनि मोर्चामा वार्ता र सङ्घर्ष सँगसँगै अघि बढाउनेबारेमा सहमति भएको बताइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनी प्रमुख तीन दलबीच भएको बैठकको सुरुवातमै एमाओवादीका नेताहरु असहमति राख्दै बैठकबाट बाहिरिएका थिए ।