२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घर्षको तयारीमा एमाओवादी नेतृत्वको मोर्चा



अ+ अ-
फाईल फोटो

काठमाडौँ, ६ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गरेको छ ।

भोली कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि भोली नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताए ।

मोर्चाले आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा अवगत गराउने र संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष सिंहले जानकारी दिए ।

बैठकमा एमाओवादीले शनिबार काँग्रेस र एमालेसँग भएको छलफलका बारेमा जानकारी गराउँदै अब सङ्घर्षमा जानुको विकल्प नरहेको बताए पनि मोर्चामा वार्ता र सङ्घर्ष सँगसँगै अघि बढाउनेबारेमा सहमति भएको बताइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनी प्रमुख तीन दलबीच भएको बैठकको सुरुवातमै एमाओवादीका नेताहरु असहमति राख्दै बैठकबाट बाहिरिएका थिए ।