५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बङ्गलादेशमा विपक्षीको आन्दोलन चर्कियो

बङ्गलादेशमा विपक्षीको आन्दोलन चर्कियो
अ+ अ-

ढाका, ३० पुस । बङ्गलादेशमा सरकारविरुद्धको आन्दोलन झनै चर्र्र्किएको  छ । आन्दोलनका क्रममा बुधबारमात्र चारजनाको ज्यान गएको बताइएको छ ।
सरकारका विरुद्धमा त्यहाँ नौ दिनदेखि आन्दोलन जारी रहेको छ । सो आन्दोलनका क्रममा बुधबारसम्ममा १७ जनाको ज्यान गइसकेको बताइएको छ ।


 बङ्गलादेशका प्रमुखसहितका विपक्षी दलहरुले गत वर्षको आमनिर्वाचन एकपक्षीय र धाँधलीपूर्ण भएको भन्दै सो निर्वाचनको वर्षदिन पुगेको दिन गत हप्तादेखि सरकार विरोधी आन्दोलन सुरु गरेका हुन् ।
सो आन्दोलनले पछिल्लो समयमा हिंसाको रुप लिइरहेको बताइएको छ । सरकारले राजधानी ढाकामा विरोध प्रदर्शन एवम् जुलुस निकाल्न पनि प्रतिबन्ध लगाएको छ ।
तर पनि राजधानीमा नै विभिन्न समयमा यस्ता हिंसाका रुप देखिएका छन् । जसका कारण त्यहाँ नागरिकको जनजीवन पनि प्रभावित भइरहेको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार बङ्गलादेशको एक उत्तरी जिल्ला रङ्गपुरमा बुधबार बिहानै चारजनालाई जिउँदै जलाएर मारिएको छ ।
सो जिल्लामा सरकारका विरुद्धमा चर्किएको हिंसाका क्रममा ती चारजना व्यक्ति जलाइएका बताइएको छ । यसरी मारिनेमा एकजना बच्चा पनि परेको बताइएको छ ।
बङ्गलादेशको उत्तरी सहर मिठक्पकरका एकजना प्रहरी अधिकारीले बुधबार बिहानै सुुरु भएको आमहडतालका क्रममा आन्दोलनकारीले गुडिरहेको बसमा आगो लगाई हत्या गरेका बताएका छन् ।
सो क्षेत्रबाट राजधानी ढाकाका लागि हिँडेको बसमा आमहडताल सफल बनाउने नाममा हिँडेका विपक्षी दलका कार्यकर्ताले आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
उक्त हिंसात्मक हमलापछि सो बसमा रहेका चारजनाको जलेर मृत्यु भएको छ भने अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेको रङ्गपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोही जिल्लामा मङ्गलबार पनि हिंसामा परी दुईजना मारिएका थिए । बुधबार पनि बिहानैदेखि आन्दोलन सुरु भएको बताइएको छ । विभिन्न स्थानमा प्रहरीसँग भिडन्त जारी रहेको बताइएको छ ।
गत वर्षको आमनिर्वाचनमा सबैजसो विपक्षी दलको सहभागिता नरहेकाले वर्तमान सरकार नै जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै विपक्षी दलले अर्काे निर्वाचनको माग गरिरहेका छन् ।
पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको पार्टी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र अर्काे विपक्षी दल जमात ए इस्लामीले सो आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
यी दुई दलले गत वर्षको आम निर्वाचन बहिस्कार गरेका थिए । त्यसैले वर्तमान सरकार जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै अर्काे निर्वाचनको माग उनीहरुले गरेका हुन् ।