• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

पाँचथरमा नियमिततर्फ २६ प्रतिशत उतिर्ण



४७ मध्ये ३ विद्यालयको रिजल्ट शून्य

पाँचथर जिल्लावाट एस एल सीमा सहभागी भएकाहरु मध्ये २६ दशमलव ६२ प्रतिशत परिक्षार्थी उतिर्ण भएका छन्।
जिल्लावाट परीक्षामा सहभागी भएका नियमित तर्फका ३ हजार ४ सय ३० मध्ये ९ सय एक परीक्षार्थी उतिर्ण भएका छन्। उतिर्ण मध्ये १६ जना विशिष्ठ श्रेणिमा , ३ सय दुइ जना प्रथम श्रेणी, ५सय ४० द्वितिय श्रेणी र ४३ जना तृतिय श्रेणिमा उतिर्ण भएका छन्।
विशिष्ठ श्रेणिमा उतिर्ण गर्नेमा सरकारी विद्यालयहरु फिदिम उच्च मावि फिदिमका एक र माङजावुङ माविका एक  सहित १६ जना रहेका छन् जिल्ला शिक्षा कार्यालय पाँचथरका परिक्षा शाखाका प्राविधिक सहायक शुक्रराज राईका अनुसार जिल्लाका ४७ वटा विद्यालयको नतिजा जाँचका क्रममा ३ वटा विद्यालयको रिजल्ट निल भएको पाइएको वताए।
ति विद्यालयहरुमा सिध्ददेवि मावि सिदिन , सिंहसिध्द मावि याङनाम र सरस्वति उच्च मावि मेमेङ रहेका छन्। राइका अनुसार  ४५ वटा विद्यालयको नतिजा जाँच गर्न वाँकि छ।
गत वर्ष पाँचथर जिल्लावाट १३ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका थिए।