• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo

राप्रपा महाधिवेशन : लिङ्देनलाई धवलको साथ



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले बिहीबार उम्मेदवारी घोषणा गर्ने हुनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा राप्रपा नेता डा धवलशम्शेर राणाले समर्थन गर्ने निश्चित भएपछि लिङ्देनले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । नयाँ पुस्ताबाट अध्यक्ष पदमा आउनुपर्ने भन्दै राणा आफैँले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनुभएको थियो । लिङ्देनसँग भएको छलफलपछि राणाले लिङ्गदेनलाई सहयोग गर्ने निश्चित भएको हो । 

बिहीबार लिङ्गदेनले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषाणा गर्नुहुने जनाइएको छ । प्रतिनिधिसभामा लिङ्देन राप्रपाबाट एक्लो सांसद हुनुहुन्छ । पार्टी अध्यक्षका लागि कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले पनि दाबी गरेका भए पनि उहाँहरुले उम्मेदवारी घोषाण गरिसक्नुभएको छैन ।