२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन : लिङ्देनलाई धवलको साथ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले बिहीबार उम्मेदवारी घोषणा गर्ने हुनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा राप्रपा नेता डा धवलशम्शेर राणाले समर्थन गर्ने निश्चित भएपछि लिङ्देनले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । नयाँ पुस्ताबाट अध्यक्ष पदमा आउनुपर्ने भन्दै राणा आफैँले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनुभएको थियो । लिङ्देनसँग भएको छलफलपछि राणाले लिङ्गदेनलाई सहयोग गर्ने निश्चित भएको हो । 

बिहीबार लिङ्गदेनले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषाणा गर्नुहुने जनाइएको छ । प्रतिनिधिसभामा लिङ्देन राप्रपाबाट एक्लो सांसद हुनुहुन्छ । पार्टी अध्यक्षका लागि कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले पनि दाबी गरेका भए पनि उहाँहरुले उम्मेदवारी घोषाण गरिसक्नुभएको छैन ।