४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने



अ+ अ-

काठमाडौँ । नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार नेपालको राष्ट्रिय फुटबल टिमले थाइल्याण्डमा उसकै मैदानमा मार्च २४ तारिखमा मैत्रीपूर्ण खेल खेल्ने भएको हो । 

त्यस्तै मार्च २७ मा नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने पनि एन्फाले जनाएको छ । 

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । 

छनोट अन्तर्गत नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।